☰ open Loading... 2 May 2024|  

सुर्खेती कलाकार गिरीले ल्याए नौं डाडा पारी मार्इती (भिडियो)
  | २२ श्रावण २०७५, मंगलवार १६:११

सुर्खेत । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु बजारमा आउने क्रम चलिरहेको छ । यसैक्रममा सुर्खेतका चर्चित नृत्य निर्देशक एवम् लोक गीत संकलक धर्मराज गिरीले तीज कोशेली नौं डाडा पारी मार्इती र मावली बोलको गीत सार्वजनिक गरेका छन् ।


म्युजिक कम्पनी धिताल फिल्मस् प्रा.लि.को व्यानरमा तीज विशेष गीत नौं डाडा पारी माईती र मामली बजारमा ल्याएको गिरीले पश्चिमनेपाललाई जानकारी दिए । गिरीको शब्द/संगित रहेको गीतमा चर्चित गायिका टिका पुनले स्वर भरेकी छन् ।

गिरीकै कारियोग्राफी रहेको भिडियोमा होम धितालको निर्देशन छ भने, मधुर बस्नेतले छायाँकन र रोशन धितालले भिडियो सम्पादन गरेका छन् । भिडियोमा सुर्खेतकै मोडल दिपाशा विसी, सुरबिर पण्डित, धर्मराज गिरी र कमला किरणको अभिनय हेर्न सकिन्छ ।