☰ open Loading... 20 April 2024|  

चौरजहारीमा बसपार्क निर्माणको काम अन्तिम चरणमा
  | २३ श्रावण २०७५, बुधबार ११:५२

रुकुम । मुलुककै दश नमुना शहर अन्तरगत रुकुम पश्चिमको चौरजहारीमा बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी भदौ ११ गते भित्र निर्माणको काम सम्पन्न गर्ने गरी नयाँ शहर आयोजनाले चौरजहारी बजारमा बसपार्क निर्माण गर्न लागेको हो । तीन वर्ष अघिबाट सुरु गरिएको बसपार्कको झण्डै ९५ प्रतिशत काम सम्पन्न भईसकेको बताईएको छ।

बर्षाका कारण बसपार्क निर्माणको काममा केही ढिलाई भएपनि तोकिएकै अवधिमा काम पुरा हुने निमित्त आयोजना प्रमुख रञ्जन कुमार दासले बताए ।

करिब ७ रोपनी क्षेत्रफलमा निर्माण हुदै गरेको बसपार्क निर्माणका लागि २ करोड ७६ लाख रकम खर्च भईसकेको छ । बसपार्क भित्र महिला, पुरुष र अपाङ्गमैत्री सार्वजनिक शौचालय, यात्रुका लागि व्यवस्थित प्रतिक्षालय तथा टिकट काउन्टरका लागि भवन निर्माणको काम भइरहेको छ ।