Loading... 23 October 2018|   मङ्लबार, कार्तिक ६, २०७५

खानेपानी अभाव

  |

हुम्ला, सदरमुकाम सिमीकोटदेखि ३ किलोमिटर पर छल्ट्रा खोला मुहानको ट्यांकी र पाइप आज बिहान भारी वर्षापछि पूरै क्षतिग्रस्त भएको छ ।

खानेपानी समितिका सदस्य लोकमणि राउतले गाउँमा आजैदेखि खानेपानीको अभाव भएकाले मूलहरुबाट पानी ल्याउन सर्वसाधारण जनता र कर्मचारीलाई दुई घण्टा लाग्ने बताए । सिमीकोट गाउँपालिकाका अध्यक्ष पद्मबहादुर लामाका अनुसार यही साउन २५ गते प्राविधिकले सो ठाउँमा निरीक्षण गर्नेछन् ।

यसैबीच सिमीकोट गाउँपालिका –८ स्थित मेलघाट र भरीघाटको काठेपुल अविरल वर्षाले बगाएपछि यम्बु गाउँका मानिसलाई सदरमुकामबाट उपभोग्य सामान ल्याउन कठिनाइ भएको वडाध्यक्ष चक्र बुढाले जानकारी दिए ।

 

रासस

प्रकाशित मितिः बिहिबार, साउन २४, २०७५     7:15:26 PM
error: Content is protected !!