☰ open Loading... 20 April 2024|  

सुर्खेती कलाकार विष्टले ल्याए तीज काेशेली मार्इती देश सम्झेर (भिडियाे)
  | २७ श्रावण २०७५, आईतवार १२:३२

सुर्खेत । सुर्खेतका चर्चित गीतकार तथा संगीतकार हरि विष्टले यस वर्षकै उत्कष्ट माैलिक तीज गीत सार्वजिनक गरेका छन् । विष्टले सामजमा चेलीहरुले तीजमा माइतीलार्इ कसरी सम्झन भन्ने सन्देशमुकल गीत मार्इती देश सम्झेर बाेलकाे तीज गीत सार्वजनिक गरेका हुन् ।

गीतमा सुर्खेतकै चर्चित गायिका टिका पुन र झलक संगीतमको संगीत संयोजनले स्वर दिएका छन् । गीतमा मोडल तथा अभिनेत्री दिपाशा बि‍‍.सी. ले गीतमा अभिनय गरेकी छन् । शब्द संकलक पनि माेडल विसीनै हुन् ।

तीज गीतमा मौलिकता र व्यापारीकरण हट्दैन् तबसम्म हरेक बर्ष उत्ताउला भड्कीला गीतहरुले नकरात्मक सन्देश दिने गरेकालार्इ त्यसलार्इ चुनौती दिँदै हरेक बर्ष मौलिकता झल्कने गीत बजारमा ल्याउदै अाएकाे गीतकार तथा संगीतकार बिष्टले जानकारी दिए ।

उनले २०७० साल सम्झना माईतीकोदेखी तीज गीतहरु बजारमा ल्याउन शुरु गरेका थिए । हालसम्म उनले सार्वजनिक गरेका बजाईदेउ ताली, पानी सलल, आउछ तिज जस्ता सुपरहिट गीतहरु नेपालीहरुको मनमा बस्न सफल भएको छन् ।

विमोचन कार्यक्रममा बाेल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले ‘माईती देश सम्झेर’ गीत बजारमा ल्याएको भन्दै शब्द संकलक दिपाशाको प्रशंसा गरे ।

गीत गंगामाला फिल्मस् प्रा. ली. को युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गीत सार्वजनिक समारोहमा लोक गायन क्षेत्रका चर्चित अनुहारहरु बद्री पंगेनी, रमेश बिजी, चन्द्र शर्मा, राधिका हमालको उपस्थिती थियो ।