☰ open Loading... 19 May 2024|  

बाहिरियो ‘रामकहानी’ को पोस्टर
  | २७ श्रावण २०७५, आईतवार १८:०३

वर्षको प्रतिक्षीत फिल्मको रुपमा हेरिएको सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ का अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । ‘तिम्रो लागि म छु’ गीत र ट्रेलर पश्चात् यो फिल्मको यतिबेला व्यग्र प्रतिक्षा भइरहेको छ ।

भाद्र २२ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको सार्वजनिक पोस्टरमा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई देखाइएको छ । साथमा, फिल्म मुख्य हाँस्य कलाकार केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा र विल्सन विक्रम राइलाई पनि देख्न सकिन्छ ।

‘रामकहानी’ कमेडीसँगै रोमान्टिक लभस्टोरी जनरामा तयार भएको निर्देशक थापाले बताए । यो फिल्म पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् । यो जोडीले यसअघि ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ मा अभिनेत्री-निर्देशकको रुपमा काम गरिसकेका छन् ।

फिल्मको कथा सुदर्शन आफैंले लेखेका हुन् । सौरभ लामाले खिचेको फिल्ममा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ । महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् ।