☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

एक महिनामै उम्कियो पिच

  |

दैलेख, नारायण नगरपालिका दैलेखले अघिल्लो आवमा ठेक्का प्रकृयाद्धारा पुरानो बजारमा महिनादिन अघि गरिएको पिच उम्केको छ । सडक सडक बोर्ड नेपाल र नारायण नगरपालिकाको साझेदारीमा गरिएको पिच गुणस्तरहिन हुदाँ उम्किएको हो ।


आर जे कन्ट्रक्सन दैलेखले ठेक्का लिएको उक्त पिच असार १५ गते गरिएको हो । स्थानीयहरुले पिच राम्रो नभएको भन्दै विरोध समेत गरेका छन् । विचविचमा पिच उम्कन थालेपछि स्थानीयहरुले गुणस्तरको काम नभएको भन्दै नगरपालिकामा विरोध गरे तर, सुनुवाई नभएको स्थानीयहरु बताउँछन् । पिच उम्केर खाल्डा हुन थालेपछि स्थानीयहरु खाल्डा पुरेर विरोध समेत गरेका छन् । गुणस्तरिय काम भएको भन्दै स्थानीयहरुले खाल्डा पुरेर विरोध गरेका हुन् । स्थानीय विशाल सदाशंकरले पिचविचविचमा उम्केको बताए । गुणस्तरको काम नभएकाले महिनादिन नपुग्दै विच उम्केको उनको भनाई छ ।
नगरपालिकाले टेन्डर मार्फत ५६ लाख ६२ हजार गरेको थियो घटीघटाउमा कवोल अंक ४१ लाख ५० हजारमा ठेक्का दिईएको नारायण नगरपालिकाले जनाएको छ । ठेक्कामा पिच, पिसिसि र नालाका काम रहेको जनाईएको छ । यो ठेक्काको भुक्तानी नभएको नगरपालिका योजना शाखाले जनाएको छ । भुक्तानीका लागि सवै प्रकृया पुरा गरेर सडक वोर्ड नेपालमा पठाएको जनाईएको छ । नगरपालिकाका प्राविधिकका अनुसार साहारे खानेपानी आयोजना निर्माणमा कच्चि जमिन भएकाले त्यही पिच उम्केको बताएका छन् । पिच उम्केको बारे नगरपालिकाले अनुगमन गर्ने प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेतले बताए । कमजोर सडक भएकाले पिच दवेकाले उम्किएको हुनसक्ने निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ १, २०७५     7:53:42 AM
error: Content is protected !!