☰ open Loading... 30 April 2024|  

काम गर्न पाउँदा गौरव लागेको छ
  | १ भाद्र २०७५, शुक्रबार ०७:५१

दैलेखका ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिहं

२०२८ साल चैत्र १६ गते दैलेख सदरमुकाममा जन्मिएकी ठाटीकाँध गाउँपालिको उपाध्यक्ष सुस्मिता सिहं २०४७ सालमा नेपाल मजुदुर किसान पार्टीको सदस्यता लिएर राजनितिमा होमिएकी थिईन् । उनी खुल्ला राजनितिमा २०५५ सालबाट माले हुँदै एमालेमा आवद्ध भईन् । एमालेको जिल्ला कमिटिमा २०६४ सालबाट अहिलेसम्म जिल्ला सदस्य भई काम गरिन् । अखिल नेपाल महिला संघको उपाध्यक्ष भई लामो समयदेखी काम गरेकी सिहं स्थानीय तहमा निर्वाचनमा ठाटीकाँध गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार दिई विजयी भएकी हुन् । गाउँपालिका उपाध्यक्षमा विजयी भईसकेपछि गाउँपालिकाबाट भईरहेका कामहरुबारे नागरिकर्मी गोविन्द केसीले लिएको अन्र्तवार्ता अंश ।

तपाई उपाध्यक्ष भएपनि केके गर्नु भो ?
मैले गाउँपालिकाको उपाध्यक्ष जितेपछि जनताका समस्याहरु केके छन् बुझन् पुरै ६ वडा पुगे । सवै टोलका दाजुभाई तथा दिदिबहिनीहरुको सामुहिक समस्या बुझे । त्यसपछि गाउँपालिमा रहेर विकास निर्माण तथा महिला लक्षित बजेट विनियोजन गरे । जसले महिलाहरुलाई प्रभावकारी काम गर्न सहयोग मिलोस् भनेर सवै महिलाहरुलाई गाउँमै पुगेर सचेतना पनि गरे । लक्षित वर्गको रकम लक्षित वर्गले सहिसदुप्रयोग हुनुपर्छ भनेर मेरो ध्यान केन्द्रित भयो र गरे । मैले गाउँपालिकाले विनियोजन गरेको बजेटको काम हेर्न वडा–वडाका टोलटोलमा गएर पुगे । सवैलाई सचेतना गराई विकास बजेट सदुप्रयोग गर्न छलफल नै चलाए । दुर्गम गाउँमा महिलाको समस्या बुझेर स्वास्थ्य शिविरहरु राख्न लगाए । महिलाहरु पाठेघर लगायतका समस्याहरुको सुल्झान शिविर महत्वपूर्ण रहयो । बजेट विनियोजन प्रकृयामा मैले दुर्गम गाउँलाई प्राथमिकता दिएर विनियोनमा सवैलाई छलफल गराएको छु । योजनाहरुको अनुगमन गरे । न्यायिक समिति बनाएर मुद्र्धाहरु हेर्न हेरफेर भएका छन् । अहिले मुद्धाहरु न्यायिक समितिमा आउने थालेका छन् । अरु पनि धेरै काम गरेको छु ।

गाउँपालिकामा जनताहरुबाट माग कस्ता आउँछन् ?
जनताहरुको माग त स्पष्ट ढंगले स्वास्थ्य, सडक, शिक्षा , खानेपानी बढी आउने गर्दछन् । उनी मागहरु पुरा गर्न म लागि परेको छु । सक्ने जति मागहरु पुरा गर्न लागिरहेका छौं । धेरैजसो मागहरु योजना बनाएर बजेट विनियोजन पनि गरिसकेका छौं । कामहरु भैरहेका छन् । जटिल रुपमा विद्युत पनि रहेको छ । विद्युतलाई यो वर्षमा काम गर्ने गरि बजेट विनियोजन गरेका छौं । आर्यआर्जन र अनुदानका लागि माग आउने गरेको छ । त्यसैले आर्यआर्जनका क्रियाकलापमा हामी बढी फोकस भएका छौं । सामाजिक कुरितिहरुका बारेमा पनि कुरा आउने गरेको छ त्यसमा हामीले सचेतना कार्यक्रमका लागि पनि अभियानकै रुपमा लिएका छौं ।

न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ ? के कस्ता काम कार्वाहीहरु भएका छन् ?
सवै भन्दा पहिले समिति गठन गरियो । त्यसपछि २१ मुद्धा आयो । धेरैजसो सानै उमेरमा विवाह त्यसपछि विवाद सम्वन्धी मुद्दाहरु आउने गरेका छन् । चेतना नभएर धेरै बालविवाह भएको पाईयो । कतिपय मुद्दाहरु मिलाएर पठाएका छौं । यहाँ हामी मिलाउन नसक्ने खालका मुद्धाहरु जिल्लामा सिफारिस गरि पठाईने गरेका छौं । अहिले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम बनाएर ३५ लाख बजेट विनियोजन गरेको छु ।

तपाई गाउँपालिकामा काम गर्दा कस्ता अनुभोव भएको छ ?
मलाई धेरै खुसी लागेको छ । गौरव पनि लागेको छ । जनताको माग, भुगोलको माग के छ अध्यायन गरेको छु । त्यहि अनुसार काम गरेको छ । जनतासंग भनेका कुरा गर्न पाउदां खुसी लागेको छु । सवै वडामा पुगेको छु । गाउँपालिकाका ६ वटै वडामा बेलाबेलामा पुगेर उनीहरु समस्याबारे बुझने गरेको छु । निकै खुसी लागेको छ । कतिपय समस्याहरु पुरा पनि गरेछु । कतिपय समय लाग्ने गरेको छ । काम गर्दा कठिनाई पनि आउँछन् । त्यसलाई मिलाएर लैजाने गरेको छु ।

विकासमा महिला सहभागी कस्तो छ ? के पहल गर्नु भएको छ ?
सवै उपभोक्ता समितिमा महिला सहभागीता मात्रै होईन् मुख्य पदमा सहभागी छन् । उनीहरुलाई जागरुप पनि गराएको छौं । महिला सहभागी मात्रै होईन् पुरुषभन्दा राम्रो काम गरेका छन् । उपभोक्ता समितिमा मात्रै होईन् योजनाका काममा पनि महिला÷पुरुषहरु सामुहिक रुपमा काम गर्ने गरेका छन् । जसले गर्दा आर्यआर्जनमा समेत महिलाहरु अग्रणी बनेका छन् ।

भौगलिक कठिनाईले विकास गतिविधिहरु के कसरी हुँदैछ ?
हाम्रा वडाहरु भौगलिक कठिनाई छ तर, विकासमा प्राथमिकताकरण गरेका छौं । विशेष वडा नम्वर ३ र ४ सवैभन्दा कठिन छन् । त्यहाँ पहिले सडक र पुलका योजनाहरु ल्याएर बजेट विनियोजना गरेका छौं । गत आवमा पनि ति वडामा बजेट विनियोजन गरेका थियौं । अहिले पनि सडक र पुलमा बजेट विनियोन गरेको छौं । आयआर्जनका लागि कृषि तथा पशुमा कार्यक्रम मार्फत सम्वोधन गरेका छौं । ३२ करोड बजेट विनियोन गरेर गाउँपालिकामा बजेट बनाएका छौं ।

अन्तमा तपाईका भनाई केही छन् ?
म गाउँपालिकाका सवै जनतालाई धन्यवाद दिन चाहन्छु । उहाँले चुनेर पठाउनुभयो । उहाँकै मायाममतामा सधै यसरी नै बस्नेछु । उहाँहरुको काम गर्न कुनै कसुर बाकी राख्ने छैन् ।