☰ open Loading... 12 July 2020|   आइतवार, असार २८, २०७७

बसमा सवार यात्रुको कसरी भयो मृत्यु ?

  |

सुर्खेत । बसमा सवार एक यात्रुको रहस्यमय मृत्यु भएको छ । काठमाडौंबाट जाजरकोट जाँदै गरेको ना ४ ख ८१२० नम्बरको बसमा सवार रुकुम आठविसकोट–३ का ४० वर्षिय नरेन्द्र बोहोराको सोमबार मृत्यु भएको हो ।

जाजरकोट जाँदै गरेको बसमा बोहोरा गुर्भाकोटको एक होटलमा रहेको शौचालय गएका थिए । तर बसको सिटमा बसे लगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटना लगत्तै अनुसन्धान अघि बढाएको प्रहरीले बोहोरा लामो समयदेखि बिरामी रहेको र उनको कालगतिले मृत्यु भएको खुलेको छ ।

बोहोरालाई लामो समयदेखी उपचार गर्दा पनि सुधार नभएको र घर फिर्ता जानेक्रममा उनको मृत्यु भएको आफन्तले बताएको प्रहरीको प्रारम्भीक अनुसधानले पुष्टी गरको छ । मृतक बोहोरको शव आफन्तले बुझेर लगेपनि थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, भदौ ४, २०७५     6:09:48 PM
error: Content is protected !!