☰ open Loading... 23 December 2024|  

कर्णालीमा पहिलो पटक ग्रास रुट फुटवल प्रशिक्षण हुँदै
  | ५ भाद्र २०७५, मंगलवार १७:३८

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ग्रास रुट फुटबल प्रशिक्षणको गर्न लागिएको छ । सुर्खेत जिल्ला फुटवल संघको आयोजनामा यही भदौ २८ गतेदेखी प्रशिक्षण शुरु गर्न लागिएको हो ।


कर्णाली प्रदेशमा मात्र नभई यस क्षेत्रमै पहिलो पटक ग्रास रुट फुटबल प्रशिक्षण गर्न लागिएको सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष जनकबहादुर रावलले जानकारी दिए । उनले प्रशिक्षणको पहिलो चरणमा जिल्ला एवंम् जिल्ला बाहिरका प्याब्सन, एन–प्याब्सन लगायत विद्यालयहरुसंग छलफल गरिने बताए ।

८ बर्षदेखि १३ बर्षसम्मका बाल–बालिकाहरुको खेलप्रति रुचि बढाउन र उनीहरुलाई स्वस्थ बनाउन प्रशिक्षणको आयोजना गर्न लागिएको हो’ रावलले भने, ‘खेल माध्यमबाट पनि बालबालिकाहरुलाई अनुशासित, खेल भावना जगेर्ना गर्न र खेलप्रति रुचि जगाउनु प्रशिक्षणको उदेश्य हो ।’

संघका महासचिव गणेशकुमार कार्कीले खेल प्रशिक्षणको आयोजना गरी फुटबल खेलप्रति सकरात्मक प्रतिस्पर्धा गराउने र प्रशिक्षण अवधिभर उत्कृष्ट रहने बाल–बालिकालाई छनौट गरिने जानकारी दिए ।

उनका अनुसार छनौट भएका खेलाडीहरुलाई क्लब, जिल्ला र राष्ट्रिय स्तरको खेलमा सहभागीता गराइने छ । प्रशिक्षणमा सहभागी हुन खेलाडीहरुलाई कुनै पनि शुल्क नलाग्ने र खेल सामाग्रीहरु फुटबल संघले नै उपलब्ध गराउने व्यवस्था रहेको महासचिव कार्कीको भनाई छ ।