☰ open Loading... 1 May 2024|  

गुर्भाकाेट नगरपालिकाले बनायाे मेहलकुनामा प्रहरीको नयाँ भवन
  | ६ भाद्र २०७५, बुधबार १७:००

सुर्खेत  । जिर्ण भवनबाट सेवा दिँदै आएको मेहलकुनास्थित प्रहरीहरुले नयाँ भवनमा सरेका छन् । गुर्भाकोट नगरपालिकास्थित मेहलकुनामा रहेको प्रहरी चौकीको नयाँ भवन उद्घाटन बुधबार गरेपछि नयाँ भवनबाटै सेवा सुरु गरेका हुन् ।


गुर्भाकोट नगरपालिकाको १० लाख ३९ हजार ९ सय ९ रुपैयाको सहयोगमा नयाँ भवन निर्माण गरिएको थियो । जस्ताले छाएको ६ कोठे प्रहरी चौकी भवनको उद्घाटन नगरपालिका मेयर हस्त पुन र जिल्ला प्रहरी कार्यालयका एसपी बसन्त रजौरेले गरे ।

उद्घाटन कार्यक्रममै बोल्दै नगरपालिका मेयर पुनले नगर क्षेत्रमा आवश्यक प्रहरी पोष्ट र विट निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । नगरमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षा प्रदान गर्नमा कुनै कसर नराख्न प्रहरीलाई आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालयका सुर्खेतका एसपी रजौरेले समाजको शान्ति सुरक्षा प्रदान आएको प्रहरीको सुरक्षित भवन निर्माणमा नगरपालिकाले गरेको सहयोगको प्रशंसा गरे ।

उनले जिल्लाका कतिपय प्रहरी चौकी, प्रहरी पोष्ट, प्रहरी विटहरु जिर्ण रहेकाले निर्माणमा स्थानीय तहहरुले सहयोग गरिदिन आग्रह गरे ।

एसपी रजौरेले जनताको सुरक्ष ागर्ने जिम्मेवारी पाएको प्रहरीले प्रभाव, अभाव र दवावमा नपरेर प्रभावकारी सेवा दिन निर्देशन दिए । उनले प्रहरीप्रतिको विश्वासलाई थप उचाईमा पु¥याउन प्रहरीलाई आग्रह गरेका थिए ।