☰ open Loading... 23 December 2024|  

कर्णालीकाे राजधानीमा राष्ट्रिय नाटक महोत्सव हुने
  | ६ भाद्र २०७५, बुधबार १७:१७

सुर्खेत । सुर्खेतमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सुर्खेतमा रही लामो समय सम्म रंगमञ्चिय गतिविधी गर्दै आएको आरंग नेपालको नेतृत्वमा सुर्खेतमा राष्ट्रिय नाटक महोत्सव हुने भएको हो ।

कला र रंगमञ्चको तिर्थ स्थल भनेर चिनिने सुर्खेतमा सात वटै प्रदेशका कलाकारको सहभागिता हुने गरी नाटक महोत्सव हुन लागेको आरंग नेपालका अध्यक्ष एवं बरिष्ठ रंगकर्मी गणेशभक्त गौतमले बताएका छन् ।

कर्णाली प्रदेशको लोक नाट्य लोक नाटक र अभिनयलाई विशेष टेवा पु¥याउने र देशभर रंगमञ्चिय गतिविधीको सन्देश दिन नाटक महोत्सवको आयोजना हुन लागेको बरिष्ठ रंगकर्मी गौतमको भनाई छ ।

साँस्कृतीक संस्थान नेपालको विशेष पहल र सहयोगमा यो पटकको महोत्सव सुर्खेतमा आयोजना गर्न प्रस्ताव गरे संगै यसबारेमा गृहकार्य शुरु भएको बरिष्ठ रंगकर्मी गौतमले बताए ।

नाटक महोत्सवका लागि साँस्कृतीक संस्थान, राष्ट्रिय नाचघर लगायतले आर्थिक सहयोग गरेपनि प्रदेशका हिसावले कर्णाली प्रदेस सरकारले पनि सहयोग गर्नुपर्ने बरिष्ठ रंगकर्मी गौतमले बताए ।

यसैवीच, सुर्खेतका बरिष्ठ रंगकर्मी एवं कलाकार प्रेमदेव गिरी, गणेशभक्त गौतम, प्रकाश पौडेल, याम नारायण आचार्य, उत्तम शर्मा, लगायतको टोलीले सामाजिक विकास मन्त्री दल रावललाई भेटेर महोत्सवका बारेमा आधिकारीक धारणा राखेको छ ।

कलाकारको टोलीले महोत्सव सफल पार्नका लागि सामाजिक विकास मन्त्रालय, मुख्य मन्त्रीको कार्यालय लगायत विभिन्न संघ–संस्थाले समेत सहयोग गर्नुपर्ने बताएको छ । महोत्सवको मिति तय भइनसकेको भए पनि असोजको अन्त्य तिर वा तिहार पछि हुन सक्ने कलाकारको भनाई छ ।