☰ open Loading... 18 November 2024|  

एमयूको बजेट एक अर्व १६ करोड
  | १० भाद्र २०७५, आईतवार १९:२५

सुशील खड्का
सुर्खेत । काठमाडौंमा सम्पन्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेटले चालु आर्थिक वर्षका लागि एक अर्ब १६ करोड ६५ लाख ५१ हजार ३३९ रुपैयाँको बजेट पारित गरेको छ । सिनेटले पारित गरेको बजेटमा पूजिगततर्फ ४९ करोड ३४ लाख र सञ्चालनतर्फ ६४ करोड ८१ लाख ५१ हजार ३३९ रुपैयाँ रहेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहदुर केशीले जानकारी दिए ।

याे पनि पढ्नुहाेस् ।
एमयुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न प्रधानमन्त्री अाेलीकाे निर्देशन


उनका एमयूको संगठन तथा शैक्षिक प्रशासनिक नियमावलीको तेस्रो संशोधन सिनेटले गरेको छ । यस्तै, मध्य पश्चिमाञ्चल विश्वविद्यालयका स्वायत्तता नियमावली २०७५ पनि पारित गरेको छ ।

मप विश्वविद्यालयका कुलपति तथा प्रधामन्त्री केशी शर्मा ओलीको व्यस्तताका कारण सिनेट काठमाडौंमै आयोजना गर्नु परेको विश्वविद्यालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सिनेटले यसअघि दश क्याम्पसलाई आंज्ञिक बनाउने पारित गरेको निर्णय कार्यान्वय गर्ने भएको छ ।

कर्णाली र प्रदेश ५ का दश क्याम्पसले सोमबारदेखी नियुक्ती दिइने र थप नौं क्याम्पसलाई आंज्ञिक बनाउन गरिएको प्रस्ताव सिनेटले पारित गरेको सूचना अधिकारी केसीले बताए ।

एमयुको आंज्ञिक क्याम्पस हुनेमा बागेश्वरी बहुमुखी क्याम्पस कोहोलपुर, बबई बहुमुखी क्याम्पस गुलरिया, मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुम, भेरी ज्ञनोदय क्याम्पस जाजरकोट, भेरी शिक्षा क्याम्पस गुमी, विद्याविपुर जनता बहुमुखी विद्यापुर, नारायण क्याम्पस दैलेख, तिलाकर्णाली बहुमुखी कालिकोट, रारा बहुमुखी मुगु लगायत छन् ।

यस्तै, सिनेटले आंज्ञिक बनाउन प्रस्ताव गरिएका क्याम्पसहरुमा चामुण्डा क्याम्पस दैलेख, कोटदेवल जनआर्दश क्याम्पस दैलेख, गर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत, रेशुंगा बहुमुखी गुल्मी, पानीनि बहुमुखी क्याम्पस अर्घाखाँची, सिंजा बहुमुखी क्याम्पस जुम्ला, सिद्धार्थ बहुमुखी क्याम्पस कपिलबस्तु, शहिद नारायण प्रसाद रामपुर क्याम्पस रुपेन्देही र शितल क्याम्पस चौरजहारी रुकुम छन् ।