दैलेख : नारायण नगरपालिका – १ गोलबजार स्थायी घर भएका लक्ष्मण नेपाली अहिले ८० वर्षको भए । उनी १२ वर्षको उमेरदेखी नै हरेक वर्ष सुरु हुने वर्खे मेलामा बाजा, बाँसुरी बजाउँछन् । उनी थाहा पाएदेखी आफ्नो घरआँगनमा धन्नै महिनादिन संञ्चालन हुने बर्खे मेला सहभागी भए । उनी तमर र बाँसुरी बजाउँन सानैदेखी खप्पिस थिए ।
अहिले ८० वर्षको उमेरमा पनि उस्तै छन् । प्रत्येक वर्ष उनकै हातबाट मेलाको शुभारम्भ हुने गरेको छ । उनले अहिलेसम्म पनि आफनो संस्कृती छाडेनन् । जिल्लामै मेलामा सहभागी भए । नयाँ यूवाहरुलाई पुरानो बाजा र बाँसुरी सिकाए । अहिले पनि त्यही सयौं वर्ष पुरानो संस्कृती जिवित छ ।
धेरै जिल्लाहरुमा यो संस्कृती परिवर्तनशिल छ तर, दैलेखमा पुस्तौपुस्तासम्म रुपान्तरण हुँदा समेत पुरानै शैली छ । यी सवैको पछाडी वृद्धाअवस्थाको ख्यालै नगरि अवोरात्र हिड्ने लक्ष्मण नेपालीलाई जान्छ । उनी ६८ वर्षदेखी लगातार लाखेमा बजाईने तमर र बाँसुरी बजाईरहेका छन् । उनका सहयात्रीहरु सवैको निधन भईसकेको छ ।
जो उनीसंगै लाखे जात्रामा अग्रपंतीमा हुन्र्थे । अहिले उनी यूवाहरुसंग एक्लो पाको छन् जो ६८ वर्षदेखी मेलाको सुन्दरताको कसी बनेका छन् । सवैको हृदयमा अहिले पनि अम्मर छन् लक्ष्मण नेपाली ।
उनीसंगै छोरा लोकबहादुर नेपालीले साथ दिएका छन् । ४६ वर्षका छोरा लोकबहादुर बावुलाई मेलामा बाँसुरी र बाजामा साथ दिन्छन् । लाखे बाजाका मास्टरका रुपमा कहलिएका लक्ष्मण लाखे बाजाको आवाज सुन्ने वित्तिकै मन लाखे नाचे जस्तै नाच्छन् तर, उमेर र शरिरले पहिलेजस्तो भेउ पाउँदैनन् ।
म १२ वर्षको उमेरदेखी नै लाखे नाचका बाजाहरु बजाउन थालेको हुँ । लक्ष्मण भन्छन् ः ‘अहिलेसम्म पनि मेलामा सक्रिय सहभागी भएको छु । यसमै आफुलाई भाग्यमानी ठानेको छु ।’
उनी विगत सम्झदै भन्छन् ः ‘मानिसहरु बर्खे सिजन लगाएर फुसर्दिला हुन्र्थे, जिल्लाभरबाट मनोरञ्ज लिने भिड नै हुन्थ्यो । प्रायः त जिल्लाभरबाट ३ देखी ४ दिन अघि आएर भेला हेर्न आउर्थे । बजार टेक्ने ठाउँ हुन्र्थेन् ।’
बुढेसकालमा पनि उनको हातमा तमर र बाँसुरी परेपछि आवाजले सवैलाई चकित पार्छन् । उहाँबाट पुरानै शैलीमा बजाउने तयारी यूवाहरु बछयाईरहेको ज्वाला क्लवका अध्यक्ष विशाल सुनारले बताए ।
लाखेमा बजाईने बाजाहरुको चार वटा ताल हुन्छ । जसमा सवारी बाजा, त्रिताल, झाउरे, भोटे शिला छन् । यहि तालमा बाँसुरीको आवास पनि मिसाईन्छ । जसमा मौलिक लोक धुनमा लाखे नाच्छन् । धेरै जिल्लामा यी धुनहरु हराईसकेका छन् ।