☰ open Loading... 17 May 2024|  

द्वन्द्वकाे घाउ बल्झाउने काम मात्रै भयो : पीडित
  | १४ भाद्र २०७५, बिहीबार १६:०७

बुद्धिमान पुन
सल्यान । राज्यले पुरानो घाउ बल्झाउने काम मात्रै गरेको द्धन्द्धपिडितहरुले गुणासो गरेकाछन् । शसस्त्रद्धन्द्धको समयमा राज्य र बिद्रोही दुबै पक्षबाट बेपत्ता पारिएकाका आफन्तहरुले राज्यले पिडितहरुको घाउमा मलम लगाउनुको सट्टा घाउ बल्झाउने काम मात्रै गरेको गुणासो गरेका हुन् ।

उनीहरुले आफन्तलाई बेपत्ता पारिएको दुई दशक बढी हुदाँ पनि राज्यले न जिवित भएको, न त मरेको केही नभन्दा झन समस्या भएको बताएका हुन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सल्यानले अन्र्तराष्ट्रिय बेपत्ता दिवशको अबशरमा बिहीबार खलंगामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

पिपलनेटाका घमण्ड बुढाथोकीले छोरा बेपत्ता पारिएको १८/२० बर्ष हुदाँ पनि केही जानकारी नभएको बताए । मेरो छोराले के गल्ती गरेको थियो ? सजाय हुदो, छलफल हुदो, कारबाही हदो तर बेपत्ता किन पारियो ? उनले प्रश्न गरे । छोरा फर्कने आसले बसेको दुई दशक पुरा हुदाँ पनि अहिले सम्म केही थाहा नभएको उनले बताए ।

यस्तै सिन्वाङकी अमृता बोहराले बुवा बेपत्ता भएको बर्षौ बितिसक्दा पनि केही जानकारी नपाएको बताईन्् । ‘घरको मुली बुवा हुनुहुन्थ्यो, उहाँ बेपत्ता भएको दुई दशक बढी भयो, राज्य मौन छ, बाहिर हेर्दा राम्रो देखिएपनि मनमा कति पिडा हुन्छ, त्यो पिडितलाई थाहा हुन्छ’— उनले भनिन् ।

उनले राज्यले बेपत्ता पाएिकाका बिषयमा छानबिन गर्न समिती गठन भएको झण्डै चार बर्ष हुदाँ पनि केही गर्न नसकेको बताईन् । ‘सरकारले छानविन समिती गठन गर्दा हामी खुसी थियौँ, बुवा जिवित नआए पनि सत्यतथ्य पत्ता लाग्छ, दोषीलाई कानुन बमोजिम कारबाही हुन्छ भनेर, धेरै बर्षौ बित्यो, हाम्रो पिडा जस्ताको त्यस्तै छ’— उनले भनिन् ।

आईसीआरसीको तथ्यांङकअनुसार सल्यानमा २२ जना अझै बेपत्ताको सुचिमा रहेका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सल्यानका सभापती यौवन प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय शान्ति समिती सल्यानकी पूर्वसचिब बिष्णु शर्माले केन्द्रबाट प्राप्त तथ्यांङकको आधारमा ३९ जना बेपत्ता पारिएकाका परिवारलाई दश/दश लाख रुपैँयाका दरले राहत उपलब्ध गराएको बताईन् ।

यस्तै हरप्लेस सल्यानका जिल्ला संयोजक रामचन्द्र रेग्मीले बेपत्ता पारिएकाका परिवार तथा आफन्तलाई न्याय र परिपुरणको ब्यबस्था सरकारले गर्नुपर्ने बताए । उनले द्धन्द्धको समयमा मारिएका र बेपत्ता पारिएकाको सम्झनामा खलंगामा शान्ति स्मारक निर्माण गरिएको पनि बताए ।