☰ open Loading... 18 November 2024|  

सरकारी मोटरसाईकलमा चाउमिन कारोवार
  | १५ भाद्र २०७५, शुक्रबार ११:४७

सुर्खेत । जनताको सेवालाई प्रभावकारी र सहजताका लागि राज्यले कर्मचारीलाई दिएको मोटर साईकलको चाउमिन कारोवारमा प्रयोग भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरदेखी पश्चिम सुर्खेतमा पर्ने पञ्चपुरी नगरपालिकाको मोटरसाईकल कार्यालयले प्रयोग गर्नै नपाएर वीरेन्द्रनगरमा व्यक्ति काममा प्रयोग भएपछि रहस्य बाहिर आएको हो ।


पञ्चपुरी नगरपालिकाका कार्यरत खानेपानी सहायक टेक्नीसियन यामराज जोशीलाई उपलव्ध गराइएको सरकारी मोटरसाईकल कम्पनीको चाउमिन बेच्नमा प्रयोग भइरहेको फोटा सामाजिक सञ्जालमा भाइरलभएपछि तिव्र आलोचना भएको छ । जोशीले चढ्ने १ ब १२२५ नम्वरको सरकारी मोटरसाईकल कार्यालयमा नलिएरै व्यक्तिगत रुपमा प्रयोग गरिएका थिए ।

स्थानिय तहमा जनतालाई प्रभावकारी सेवा दिने उदेश्यले दुई महिना अघिमात्र मोटरसाईकल खरिद गरिएको नगरपालिकाले जनाएको छ । जोशीले कार्यालयको काममा प्रयोग नगरी वीरेन्द्रनगरमा चाउमिन बेच्न प्रयोग गरिएको अवस्थामा एक व्यक्तीले तस्वीर खिचेका थिए ।

तर सरकारी सवारीको दुरुपयोगप्रति सामाजिक सञ्जालमा कडा आलोचना भएका छ । स्रोतका अनुसार जोशीले उक्त मोटरसाईकल सरकारी कामका लागि एकदिन प्रयोग नगरेको खुलेको छ ।

यता, पञ्चपुरी नगरपालिका मेयर उपेन्द्र थापाले मोटरसाईकल दुरुपयोग गर्ने कर्मचारी जोशीलाई तत्काल स्पस्टिकरण सहित कार्वाहीको प्रक्रिया अघि बढाउने जानकारी दिए । उनले राज्यको सम्पति दुरुपयोग गर्ने अधिकार कसैलाई पनि भएको भन्दै मेयर थापाले तत्काल मोटरसाईकल कार्यालयमा ल्याउन निर्देशन दिएको बताए । सरकारी प्रयायोजनका लागि राज्यले दिएको सवारी साधन व्यक्ति प्रयायोजनका लागि दुरुपयोग गर्न पाइदैन् ।