☰ open Loading... 19 November 2024|  

आतंकवादी क्रियाकलापमा वित्तिय लगानी नियन्त्रण सम्वन्धि अनुशिक्षण
  | १५ भाद्र २०७५, शुक्रबार १९:१०

सुर्खेत । नेपाल राष्ट्र बैंकले आतंकवादी क्रियाकलापमा वित्तिय लगानी नियन्त्रणका लागि सूचक संस्थाहरुसंग अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको । नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाको आयोजनामा सम्पत्ती शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी नियन्त्रणका लागि सूचक संस्थाहरुको दायित्व विषयक अनुशिक्षण वीरेन्द्रनगरमा सम्पन्न गरेको हो ।


कालो धनलाई सेतो गराउन विभिन्न व्यक्तिहरुले बैंकमा रकम जम्मा गर्दा विभिन्न रणनीतिहरु अपनाउने भएकाले त्यस्तो क्रियाकलाप कसरी थाहा पाउने भन्ने विषयमा नेपाल राष्ट्र बैंकका वित्तिय जानकारी ईकाइ प्रमुख निर्देशक रामु पौडेलले अनुशिक्षण गराएका थिए । नेपाल राष्ट्र बैंक अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सदस्य हो ।

आईएमएफले कालो धनको बैध बनाउन नदिने अभियानमा रहेकोले त्यस्ता गतिविधि रोक्न राष्ट्र बैंकले सूचक बैंकहरुसंग अनुशिक्षण गर्दै आएको जानकारी पौडेलले दिए । एएमएल र वित्तीय अराजकता हटाउने अभियान सिएफटीको कार्यान्वयनमा बैंकहरुलाई सजकता अपनाउने उपायहरु सिकाएका थिए ।

उनले बैंकमा सम्पत्ती शुद्धिकरणका लागि आउने व्यक्तिहरुले खुलाउने स्रोतहरुका बारेमा पनि बैंकका प्रमुखहरुलाई जानकारी गराएका थिए । एनटी मनी बैंक तथा फाइनान्स सम्बन्धमा सूचक संस्थाहरुले नियमन निकायलाई कसरी जानकारी दिने भन्ने सवालमा पनि अनुशिक्षण केन्द्रीत रहेको राष्ट्र बैंकका नेपालगञ्ज शाखाका उप–निर्देशक नारायणप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार अनुशिक्षण कार्यक्रममा वीरेन्द्रनगरस्थित क, ख र ग वर्गका बैंक प्रमुखहरु, राजश्व संकलन हुने कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति थियो ।