☰ open Loading... 26 December 2024|  

कर्णालीलाई खेलकुदले पनि चिनाउने पूर्वाधार खडा गर्छाैं : मन्त्री रावल
  | १७ भाद्र २०७५, आईतवार १६:०४

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल रावलले कर्णालीलाई खेलकुदमा अब्बल बनाउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । नेपाल तेक्वान्दो संघ कर्णाली प्रदेशले आईतवार वीरेन्द्रनगरमा आयोजना गरेको नयाँ ‘पुम्से सेमिनार’ को उद्घाटन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन् ।

तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं खेलाडीहरु समेतको सहभागीता रहेको सेमिनारमा बोल्दै मन्त्री रावलले सिमित बजेटका वाबजुत पनि खेल क्षेत्रको बिकास गर्न सरकार प्रतिबद्ध रहेको धारणा राखे ।

मन्त्री रावलले हुम्लामा ‘हाई अल्टिच्युड कर्बड हल’, सुर्खेतमा राष्ट्रिय स्तरको बहुआयामिक रंगशाला निर्माण लगायत पुर्वाधार बिकासलाई पहिलो प्राथमिकतामा राखिने मन्त्री रावलको भनाई छ ।

पहिला पुम्से विधा प्रर्दशनको रुपमा मात्रै रहेकोमा अव भने प्रतिस्पर्धाका रुपमा लिईने तेक्वान्दो संघका केन्द्रिय सदस्य नन्दा बस्यालको भनाई छ । कोरियन प्रशिक्षक द्धारा प्रशिक्षण हुने भएकोले नयाँ नियम लागु गरी अन्य प्रदेश बरावरका खेलाडी कर्णाली प्रदेशमा पनि उत्पादन गर्ने केन्द्रिय सदस्य बस्यालले बताइन् ।

कर्णाली प्रदेशमा सक्षम खेलाडी उत्पादन गर्नको लगाी नयाँ पुम्से सेमिनार पनि उद्घाटन गरिएको साहयक प्रशिक्षक तथा सुर्खेत तेक्वान्दो संघका अध्यक्ष भुवन थापा बताए ।

पुम्से बिधामा पनि कर्णाली प्रदेशका धेरै खेलाडीहरुले राष्ट्रिय स्तर सम्म पु¥याउने उद्देश्यले नयाँ सेमिनार नै शुरु गरी प्रशिक्षण दिन लागेको उनको भनाई छ ।

तेक्वान्दो संघ कर्णाली प्रदेश अध्यक्ष लक्ष्मण कंडेलकाे अध्यक्षतामा भएकाे सेमिनारमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, उपाध्यक्ष जनक रावल लगायत तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक र खेलाडीहरुको सहभागीता रहेको थियो । सेमिनार आगामी २० गतेसम्म चल्नेछ ।