☰ open Loading... 23 December 2024|  

दैलेखका ८३ वटा उप–आयोजना स्थानीय तहलाई हस्तान्तरण
  | १९ भाद्र २०७५, मंगलवार १७:२०

दैलेख । उच्चमुल्यकृषि बस्तु विकास आयोजनाले आफुले संचालन गरी सम्पन्न गरेका ८३ वटा उप–आयोजनाहरु दैलेखका सम्वन्धीत स्थानीयतहलाई हस्तान्तरण गरेको छ । मंगलबार दैलेख सदरमुकाममा भएको ‘आयोजना सम्पन्न गोष्ठी’ मा कृषक समुह÷सहकारी संस्था र निजी सेवाप्रदायकहरुले संचालन गरी सम्पन्न गरेका उप–आयोजनाहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।


आयोजनाप्रमुख राजेन्द्रप्रसाद भारीले दैलेखका १० वटा स्थानीयतहलाई विस्तृत विवरणसहित ८३ उप–आयोजनाहरु हस्तान्तरण गरे । उनले आठवीस नगरपालिकालाई ७ वटा, भगवतीमाई गाउँपालिकालाई १४ वटा, भैरवी गाउँपालिकालाई ३ वटा, चामुण्डा बिन्द्रासैनी नगरपालिकालाई २ वटा, दुल्लु नगरपालिकालाई १० वटा उप–आयोजनाहरु हस्तान्तरण गर्नु भएको छ ।

यस्तै ढुंगेश्वरगाउँपालिकालाई ३ वटा, गुँरास गाउँपालिकालाई ३३ वटा, महावै गाउँपालिकालाई एउटा, नारायण नगरपालिकालाई ९ वटा र नौमुले गाउँपालिकालाई एउटा उप–आयोजना पनि हस्तान्तरण भएको छ । हस्तान्तरण गरिएकाउप–आयोजनामा बेमौसमी तरकारीका ४१, खसी बोकाका ३४,बेसारका ६, अदुवा र तरकारी बीउको एक÷ एक वटा छन ।

गोष्ठीमा आयोजना प्रमुख भारीले उच्चमूल्य कृषि वस्तु विकास आयोजनाले दैलेखका किसानलाई ७ करोड ५७ लाख रुपैया अनुदान सहयोग गरेको जानकारी दिए ।

उनले खसीबोवा, बेमौसमी तरकारी, तरकारी बीउ,अदुवा, बेसार मुल्य श्रृंखलामा अनुदान पाएपछि लाभग्राही किसानहरुले पनि आफ्नोतर्फबाट २ करोड ७३ लाख रुपौया लगानी गरेको बताए ।

आयोजनाले सहकार्य गरेका ८३ वटा उप–आयोजनामा आवद्ध २ हजार ९७घरधुरी किसानको आयस्तर बृद्धिमा सहयोग पुगेको छ । आयोजनाको सहयोग पछि किसानको आम्दानीसगसँगै कृषि जन्यवस्तुको उत्पादन र विक्री परिमाणमा पनि उल्लेख बृद्धि भएको छ ।

आयोजनाले सहयोग गरेका किसानको आधार वर्षको आम्दानी प्रतिघरधुरी २९ हजार १३ रुपैया रहेकोमा आयोजना सम्पन्नहुँदा आम्दानी बढेर एक लाख २१ हजार ६ सय १३ रुपैया पुगेको उनले बताए । आयोजनाको सहयोगपछि किसान आधार वर्षको तुलनामा ९२ हजार ६ सय ३७ रुपैया थप आम्दानी गर्न सफल भएका छन ।

मुल्य श्रृखलागत रुपमाभन्दा आधार वर्षको तुलनामा अदुवामा ११ हजार ४ सय ४८, बेसारमा १५ हजार ६ सय ३०, खसीबोकामा ४० हजार ३ सय ९१, बेमौसमी तरकारीमा १ लाख ४७ हजार ५ सय ७१ र तरकारी बीउमा ४७ हजार ४ सय १४ रुपैया थप आम्दानी गर्न किसान सफल भएको पाइएको छ ।

आयस्तर बृद्धिसगै किसानले उत्पादनमा पनि बढाएका छन । आधार वर्षमा १ हजार ४ सय ७३ मेट्रिक टन रहेको उत्पादन आयोजना सम्पन्न हुँदा बढेर ५ हजार ८ सय १२ मेट्रिक टन पुगेको छ ।

यस्तै उत्पादनसगै बिक्री परिमाण पनि बढेको छ । आधार वर्षमा प्रतिवर्ष १ हजार २ सय ८४ मेट्रिक टन रहेको विक्री परिमाण बढेर आयोजना सम्पन्नहुँदा ५ हजार ५ सय ६९ मेट्रिक टन पुगेको छ ।

आयोजनाले अनुदान सहयोग गरेका किसानमध्ये ६४ प्रतिशत महिला र ३६ प्रतिशत रहेका छन । यस्तै आयोजनाको अनुदान सहयोग पाउनेमा अतिगरिव २० प्रतिशत, मध्यम गरिव ३०प्रतिशत, सामान्य गरिव २०प्रतिशत र सम्पन्न १० प्रतिशत किसान रहेको आयोजना प्रमुखभारीले उल्लेख गरे ।

आयोजनाले लाभग्राही किसानलाई संकलन केन्द्र, टनेल हाउस, सिंचाई कुलो, पोखरीलगायत ७ सय ८१ वटा पूर्वाधार निर्माण गरेको छ भने २ हजार ७ सय ८५ जना किसानलाई व्यवसाय मूलक तालिम दिएर उद्यमसिल क्षमतार सीपको विकासमा सहयोग गरेको जनाएको छ ।

किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारमा पहुँच स्थापित गर्नको लागि आयोजनाले किसान र व्यापारी वीच व्यवसायिक सम्वन्ध जोड्न पनि सहयोग गरेको थियो ।

गोष्ठीमा जिल्ला समन्वय समितिकाप्रमुख प्रेमबहादुर थापाले आयोजनाले हासिल गरेका सिकाईलाई लागु गर्न दैलेखका सवै स्थानीयतहलाई आग्रह गरे । गरिव जनताको जीवनस्तर उकास्नको लागि आयोजनाले खेलेको भूमिको प्रसंसा गदै उनले नयाँ आयोजनासँग सहकार्य र समन्वय गर्न जिल्ला समन्वय समितितयार गरेको पनि उल्लेख गरे ।

यस्तै चामुण्डा विन्द्रसैनी नगरपालिकाका उप प्रमुख तारा शाही, गुँरास गाउँपालिकाका उपाध्यक्ष दिपकुमारी विसी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आयोजनाले सहयोग गरेका उप आयोजनालाई निरन्तरता दिन र किसानलाई व्यसायिकरणतर्फ उन्मुख गराउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्तिका नेता रामबहादुर थापा, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कविराज खत्री, कृषि ज्ञान केन्द्रका प्रमुख शीवप्रसाद अर्याल, जिल्ला सहकारी संघका अध्यक्ष तेजबहादुर थापालगायतले दैलेखका किसानको आयस्तर बृद्धि गर्न र कृषिको व्यवसायिकरणको लागि आयोजनाले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।

गोष्ठीमा आमा बचत तथा ऋण सहकारी संस्थाका सीता रिजाल, त्रिदेवी बहृउदेशिय सहकारी संस्थाका काशीराम शर्मा, निजी सेवाप्रदायक जनकराज रेग्मी, पशुपति जैसी र धिरेन्द्र बहादुर कार्कीले आयोजनाको सहयोगपछि आफु र आफ्नो समुहका सदस्यहरुमाआएको परिवर्तन सम्वन्धी अनुभव तथा सिकाई सुनाए ।

आयोजनालाई कार्यान्वयन गर्न सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकाय तथा उपआयोजनालाई प्रशंसा पत्रप्रदान गरिएको थियो । कार्यक्रममा आयोजनाले तयार पारेको खसीवोका र बेमौसमी तरकारी मूल्यश्रृंखला सम्वन्धी बृतचित्रपनि देखाइएको थियो ।

‘आयोजना सम्पन्न गोष्ठी’ को समापन गदै उच्चमूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजनालाई सफल बनाउन सहयोग गर्ने किसान, समुह÷सहकारी, सरकारी तथा गैरसरकारी संघसंस्था, सरकोकालवाला निकाय, संचार माध्यमप्रति हार्दिक आभार प्रकट गदै आगामी दिनमा पनि रचनात्मक सहयोग र साथको अपेक्षा व्यक्त गरे ।