☰ open Loading... 18 November 2024|  

संर्घषदेखि विचलन नहुने ‘सापकोटा’
  | २२ भाद्र २०७५, शुक्रबार ०६:३६

श्रीमद् भागवत् गीतामा भनिएको छ, ‘रहेक व्यक्ति जे ऊ चाहन्छ त्यहीँ पाउन सक्छ तर त्यो पाउन उसले विश्वासको साथ इच्छित वस्तुमाथी लगातार चिन्तन भने गरेकै हुनुपर्दछ ।’ विश्वास र हरेक काममा इच्छा शक्ति बनाएर चिन्तन गरेकै कारण रमेश सापकोटाले जिन्दगीमा थुप्रै संघर्ष गरिरहे । जिन्दगीको गोरेटोमा कहिल्यै हरेश खाएनन् र कामप्रति अडिक भएकै कारण सफल पनि बने ।


सामान्य परिवारका सापकोटा साविकको साटाखानी गाविसमा जन्मिएका हुन् । हाल उनी काँक्रेविहार यातायात व्यवसायी समितिका सचिव हुन् । एसएसली दिएर खालीहुँदा उनले फुर्सदको समयमा ठूलो बुवाको गाडीमा हिडेकै कारण त्यहीँ क्षेत्रमै काम गरिरहेका छन् ।

अहिलेको स्थानसम्म आइपुग्न सापकोटाले पापड झैं पेलिनु प¥यो । तर सापकोटाले कहिल्यै हिम्मत हारेनन्, हरेश खाएनन्, विचलित भएनन् । अन्तत उनी यातायात समितिको सचिव पदमा आसिन भएर कुशल यातायात सञ्चालक बनेर प्रमाणित गरेका छन् ।

बाल्यकाल
साटाखानीमा जन्मिएपनि करेखोलास्थित मामा घरमै बसेर प्राथमिक शिक्षा हासिल गरेका सापकोटाले श्री संस्कृत साधारण माध्यामिक विद्यालयबाट निमाविसम्मको अध्ययन गरे । दाङको तुलसीपुरमा बसेर उनले एसएलसी दिए ।

एसएलसी परीक्षापछि उनले खाली समयमा आफ्नो ठूलोबुवाको गाडीमा केही महिना बिताए । एसएलसी पासपछि उनी उच्च शिक्षाको लागि वीरेन्द्रगरकै बहुमखी क्याम्पसमा भर्ना भए । १८ वर्षकै उमेरमा गाडी लाइनमा हिड्दा उनमा पढ्ने चाहाना जागेन् ।

अन्तत पाँच महिना क्याम्पस धाएपनि पुनः गाडी लाइनमै फर्किए । ‘पढाईभन्दा गाडी लाइनमै ध्यान भयो’ सापकोटाले विगत सम्झदै भने, ‘फेरी ठूलो बुवाकै गाडीमा काम गर्न थाल्दा विस्तारै पढाइमा ब्रेक लाग्यो ।’ नेतृत्व गर्नुपर्छ स्वभावका कारण आफू यातायात क्षेत्रमै काम गरेको सापकोटाको कथन छ । ०

५५ सालमा सुर्खेतमा मध्यपश्चिम यातायात समिति थियो । उनले त्यहीँ समितिबाट सञ्चालनरत ठूलोबुवाको गाडी नम्बर ९५३० मा कन्डक्टरको काम गरे । काम गर्ने क्रममा ठूलोबुवाको माया र हौसलाकै कारण आज यो स्थानमा आएको बताउँछन् सापकोटा । तीन वर्षसम्म गाडीमै बिताएका सापकोटाले अन्तत सवारी चालक अनुमतिपत्र निकाले । करिव तीन वर्षसम्म सापकोटाले गाडी चलाएरै जिविका निर्वाह गरे ।

२०६० सालमा विदेश जाने निधो गरे । अन्तत ४० महिनाका लागि उनी साउदी अरब हानिए । ‘विदेश पुगेपछि पानी कम्पनीमा सवारी चलाउने काम गरे ।’ लामो सास तान्दै सापकोटाले भने, ‘कम्ता दुख थिएन विदेशमा, दैनिक चार घण्टा सुतेर दैनिक काममा हाजिर हुनु पथ्र्यो ।’

साउदी अरब बसाइँ सकिएपछि उनी नेपाल फर्किए लगत्तै फेरी कतार लागे । डेढ वर्ष कतारमा पनि सापकोटाले सवारी चालक नै बनेर काम गरे । २०६६ सालमा नेपाल फिरेका सापकोटाले सुर्खेतमै गाडी चलाउने निर्णय लिए । तर सिमित समिति र कम गाडीका कारण काम पाउन सकस भयो ।

गाडी लाइनमा विदेश जानु अगावै बनाएको पहिचान पूरै ध्वस्त भएको थियो । सवारी चलाउने सीपहुँदा पनि सापकोटाले काम पाएनन् । सात महिना कामकै खोजीमा वित्यो । पछि उनले पोखरा रुटमा सञ्चालन भएको बसमा काम गर्ने मौका पाए । केही वर्ष पोखरा बसको चालक बनेर काम गरे ।

तर उनलाई पछि गाडीबाट निकालियो । फेरी उनले सुर्खेत–काठमाडौं रुटमा पनि बस चलाउन थाले । सुर्खेतमा २०६३ सालमै काँक्रेविहार यातायात समिति खुलिसकेको थियो । ०६८ सालमा बस किने र व्यवसायीको रुपमा त्यहीँ समितिमा बस ईन्ट्री गराएर आफ्नै बस चलाए ।

पाँच गाडीबाट शुरु भएको काँक्रेविहार यातायात समितिमा उनले बस इन्ट्री गराएर सञ्चालन गरे । समितिसंग अप्रयाप्त रकम भएपनि एक वर्षसम्म त्यहीँ समितिमा बस हालेर गाडी चलाए । ०६९ सालमा समितिमा सह–सचिवको जिम्मेवारी पाए । उनीमाथि गाडीसंगै समितिको जिम्मेवारी पनि थपियो ।

‘पाँच गाडीले समितिलाई मजवुत बनाउन सकस थियो ।’ त्यो क्षण स्मरण गरेका सापकोटाले भने, ‘भेलमै हाम फालेसरी समितिलाई मजबुत बनाउन योजनावद्ध रुपमा खटिए ।’ सापकोटाको गाडी बाँकेमा दुर्घटना भयो । बस दुर्घटना भएपछि आर्थिक संकटकाल आइलाग्यो । ७० लाख बढी दुर्घटनामै सकियो । तर सापकोटाको जीवनमा खास संघर्षको युद्ध शुरु भयो । उनले हिम्मत हारेनन् । विस्तारै दुर्घटनाको समस्या सुल्झाएर पथमा लम्किन अग्रसर भए ।

‘आफ्नै बस दुर्घटनाहुँदा आर्थिक रुपमा विछिप्त बनेको बेला हिम्मत हारेको भए यो स्थानसम्म पुग्थेन’ सापकोटा थप्छन्, ‘असम्भव भन्ने केही छैन् । चुनौतीबाट पाठ सिक्दै अघि बढ्नुपर्छ भन्ने प्रेरणामा परिणत गराएर २०६९ सालकै अन्त्यतिर काँक्रेविहार यातायात समितिको जिम्मेवारी पाए ।’

समितिलाई मजबुत बनाउन अन्य पदाधिकारीहरुसंग सल्लाह माग्दै समितिलाई उचाईँमा पु¥याउने मार्गमा अग्रसर भएको उनको भनाई छ । सचिव पदमा रहेपछि उनको टोलीले ८ लोकल बस, ४ क्यापिटल र चार रात्रिकालिन बसहरु थप गरेर गाडीको संख्या १७ पु¥याए । धरासायी अवस्था रहेको समितिले विस्तारै उचाई लिन थाल्यो ।

यात्रुहरुका आवश्यकतालाई मध्यनजर गर्दै उनीसहित अन्य पदाधिकारीहरुले नयाँ–नयाँ थप बसहरु सञ्चालन गरे । ‘सुविधा सम्पन्न गाडीहरु भित्र्याएकै कारण समितिले सवैको विश्वास जित्दै गयो ।’ सापकोटाले भने, ‘विस्तारै यात्रुहरुको माग बढ्यो । सेवालाई चुस्त दुरुस्त बनाउन तल्लिन भएकै कारण साच्चै आज काँक्रेविहार समिति विश्वाशिलो र परिचित संस्था बनेको छ ।’

जिन्दगीका यात्राबारे बेलिविस्तार लाएका सापकोटाले थपे, ‘जिन्दगी सधै एकैनाशको रहँदैन् । त्यसैले लक्ष्यको मार्गमा होमिन पापड पेलिएझैँ पेलिदा पनि हिम्मत हारेन भने सफलता कतै हरण हुँदैन् । तर सत्यको पथमा लम्किन भने छाड्नु हुँदैन् ।’

समितिका अध्यक्ष लोकबहादुर थापा, कोषाध्यक्ष दिपेन्द्र खड्का, सदस्य मानबहादुर खड्का, कार्यालय प्रमुख गोविन्द शर्मासहित अन्य पदाधिकारीको साथ र समर्थनले समितिले साच्चै शिखर चुमेको तर्क उनको छ ।

समितिको पछिल्लो अवस्था
काँक्रेविहार यातायात व्यवसायी समितिलाई अझै व्यवस्थित र मर्यादित बनाउन पदाधिकारीसंग गहिरो छलफल गर्ने संस्कारको थालनी भएको सापकोटा बताउँछन् ।

समितिमा हाल १५२ गाडी छन् । यी मध्य १२२ गाडीहरु सुर्खेतदेखी कर्णाली प्रदेश भित्रका सडक सञ्जाल पुगेका ठाउँसम्म काँक्रेविहारका गाडीहरु पुग्ने गरेका छन् । बाँकी ३० गाडी रात्रीकालिन सेवाका लागि लामो रुटमा सञ्चालनरत छन् ।

यस बाहेक सुर्खेत महेन्द्रनगर, दाङ, काठमाडौं, विरगंज र नेपालगञ्जसम्म गाडीहरु सञ्चालनरत रहेको सापकोटाको भनाई छ ।

सरकारले यातायात समिति खारेज गर्ने भनेपछि समितिलाई प्रा.लि.मा सञ्चालन गर्ने तयारीमा समिति छ । सबै प्रक्रिया पूरा गरेर केही समयमै प्रा.लि. मातहतबाट गाडीहरु सञ्चालन गर्न लागेको सापकोटाले उल्लेख गरे ।

यो वर्ष समितिले यात्रुहरुका लागि नयाँ गाडी दिन नसकेपनि आउने वर्षमा थप नयाँ गाडीहरु सञ्चालन गर्ने तयारीमा आफूहरु जुटेको छ ।