☰ open Loading... 26 February 2025|  

अाफ्ना जनताकाे सुरक्षा गर्दिन राउटे मुखियाकाेे माग
  | २२ भाद्र २०७५, शुक्रबार ११:२८

दैलेख । राउटे मुखिया सुर्य नारायण शाहीले आफुहरुले असुरक्षित महशुस गरेको भन्दै सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।

उनले जनताले असुरक्षित महसुश गरेको गुनासो आफुलाई गर्न थालेको भन्दै सरकारले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए । उनले पछिल्लो समय आफुहरुसँग धेरै मानिसहरु घुलमिल हुन थालेकाले असुरक्षित महसुस भएको बताए ।


शाहीले भने, ‘हाम्रा छोरीचेली एक्लै हिड्न डराउने गरेका छन्,, यस विषयमा सबैले मसँग गुनासो गर्छन, म एक्लैले के गर्न सक्छु ।’ त्यसैले सरकारले हामीलाई ढुक्कले बस्ने वातावरण सृजना गरिदिवस् ।’

उनले आफुहरुको संस्कृतीका कारण एकै ठाउँमा बस्न नसकेको भन्दै ठाउँठाउँ जानुपर्ने अवस्था रहेकाले सुरक्षाको ग्यारेन्टी दिनुपर्ने आवश्यक औल्याए ।

यस विषयमा सबै पक्षले साथ दिन आवश्यक रहेको बताउदै उनले अन्य समुदायका केहि व्यक्तीहरुसँग असुरिक्षत महुसुस जनताले गरेको उल्लेख गरे ।