☰ open Loading... 17 May 2024|  

पुल बगाएपछि सास्ती
  | २३ भाद्र २०७५, शनिबार १६:१७

हुम्ला : खापुनार्थ गाउँपालिका–२ कारङ्गगाउँको कारङ्गखोलामा रहेको काठेपुल बाढीले बगाउँदा तीन महिनादेखि विद्यार्थीहरु विद्यालय जान सास्ती व्यहोर्दै अाएका छन् ।

गत जेठ २८ मा बाढीले वडा नं. १ रहेको कारङ्गगाउँ र रायागाउँमा जोड्ने पुल बगाएपछि विद्यार्थीहरु विद्यालय जान सास्ती व्यहोर्न बाध्य भएका हुन् । कारङ्ग गाउँबाट हुम्ला मावि रायमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका १४ जना विद्यार्थी महिनौंसम्म विद्यालय जान दु:ख भोग्दै अाएको कक्षा १० मा अध्ययनरत नविना शाही बताइन् ।

५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको ३० मिटर लम्बाइको उक्त काठे पुल बाढीले बगाएपछि कारङ्गगाउँमा स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय विवेक शाहीले बताए । पुल हुँदा बालबालिका आफैं विद्यलाय जाने गरेको तर अहिले हरेक दिन खोला तार्न जानु परेको शाहीले बताए ।

अभिभावकले नभ्याएको बेला विद्यालय जान नपाएको कक्षा ८ की विद्यार्थी सुनिता शाहीले बताइन् । खेलामा काठे पुल हुँदा घरबाट ३० मिनेटमा पुगिने विद्यालय अहिले तीन घण्टा लाग्ने गरेको विद्यार्थीहरुको गुनसो छ ।