☰ open Loading... 18 November 2024|  

तीजमा देखिएकाे विकृति रोकाैं : मन्त्री केसी
  | २३ भाद्र २०७५, शनिबार १७:२४

सुर्खेत । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले तीजमा हुने विकृतिलाई रोक्नुपर्ने बताएकी छन् । तीजको नाममा हुने देखासिकीलाई रोकेर संस्केतिको जर्गेना गरेर तीज मनाउन कर्णालीका महिलाहरुलाई आग्रह गरेकी हुन् ।

सिस्टर नेपाल संस्थाले शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तीजको नाममा हुने विकृतिलाई रोक्न सुझाव दिइन । ‘तीजको नाममा अरुको देखासिकीमा गहना लगाउने र दर खाने नाममा तीज भड्कीलो बन्दै गइरहेको छ’मन्त्री केसीले भनिन्, ‘यसको अन्त्य गरेर हामी जस्तो अवस्थामा छौ त्यहीबाट खुसीसाथ पर्व मनाउनुपर्छ ।’

कर्णालीका महिला भड्कीलो तीजतिर नभई समृद्धि कर्णालीका लागि अघि बढ्नुपर्ने उनको भनाई थियो । श्रीमानको लागि वत्र बस्ने महिलाहरुमाथि हिंसा भएको भन्दै उनले थपिन ‘तीजमा हिंसा गर्ने पुरुषहरुको लागि हामी वर्त बस्दैनौ ।’