☰ open Loading... 3 May 2024|  

थुनुवालाई भेट्न जाँदा आफै पक्राउ
  | २४ भाद्र २०७५, आईतवार १७:०५

सुर्खेत । सुर्खेतमा शनिबार साँझ थुनुवालाई भेट्न गएका लालबहादुर बुढा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा थुनामा रहेका एक व्यक्तिलाई भेट्न गएका लालबहादुर बुढा पक्राउ परेका हुन् ।


चाउचाउको प्याकेट भित्र चुरोट राखेर बन्दीलाई दिन खोज्दा बुढा पक्राउ परेको प्रहरीले जनाएको छ। वीरेन्द्रनगर नगरपालिका–३ एरी चोकका बुढाले लागुऔषध मुद्दाका प्रतिवादी मिलन राना मगरलाई भेट्न भनि जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । उनले थुनुवा रानालाई लगिदिएको कोशेली चाउचाउको प्याकेट भित्र चुरोट बरामद गरिएको सुर्खेत प्रहरी कार्यालयका डिएसपी एवम् प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए । थुनुवालाई दिन ल्याएका प्रिती चाउचाउको पोकामा फोडेर हेर्दा १६ खिल्ली चुरोट बरामद भएको उनले जानकारी दिए । बुढालाई अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ ।