☰ open Loading... 18 April 2024|  

सुर्खेती सर्जक विष्ट र गिरीले पाए अवार्ड
  | २५ भाद्र २०७५, सोमबार २०:४०

सुर्खेत । पाँचौ छायाँछवि तीज अवार्ड २०७५ मा सुर्खेती कलाकार तथा सर्जकले पाएका छन् । काठमाडौंमा सम्पन्न भएको पाँचौ छायाँछवि तीज अवार्ड २०७५ मा तीज गीतका ख्यातीप्राप्त सर्जक हरी विष्टले संगीत, लय, मिक्सिङ, एरेञ्ज र युगल मोडल विधामा अवार्ड प्राप्त गरेका छन् । यस्तै सर्जक धर्मराज गिरीले यो वर्षकै सर्बोउत्कृष्ट सामाजिक तीज गीत अवार्ड हात परेका छन् ।

याे पनि पढ्नुहाेस् : सुर्खेती कलाकार ढकालले पाए अवार्ड

संगीतलाई सम्मान गर्न राजधानीमा भएको पाँचौ छायाँछवि तीज अवार्डमा मनोनयनमा परेका थुप्रै तीज गीतहरु मध्ये सुर्खेतका सर्जक तथा कलाकारहरुले विभिन्न विधामा अवार्ड हात पारेका हुन् ।

वजारमा हरी विष्टको माईतिको आश र माईती देश सम्झेर वोलको गीत तथा गिरीको माईती र मावलीको आश वोलको गीतले वजारमा निकै चर्चामा छ ।