☰ open Loading... 3 May 2024|  

चट्याङ लागेर मृत्यु
  | २६ भाद्र २०७५, मंगलवार १६:०९

सुर्खेत । गएराति १ बजे सुर्खेतको पूर्वी भागको गुर्भाकोट नगरपालिका – १४ सुर्खेत जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको छ । एकतले खरले छाएको घरमा चट्याङ पर्दा कामीसहित गोठमा रहेका दुई गाई, एक गोरु र एक कुकुर मरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए ।

चट्याङले कामी पत्नी ४८ वर्षीय खगिसरा पुन घाइते भएको उनले बताए । घाइते पुनको सुर्खेत मेहलकुनास्थित अस्पतालमा उपचार भइरहेको छ ।