☰ open Loading... 20 April 2024|  

सिद्धपाइला क्याम्पसले गर्याे अागन्तुक विद्यार्थीसंग अभिमुखिकरण
  | २६ भाद्र २०७५, मंगलवार १८:३७

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेकाे सिद्धपाइला क्याम्पसले नव अागन्तुक विद्यार्धीलार्इ स्वागत सहित अभिमुखीकरण कार्यक्रम गरेकाे छ ।  सिद्धपाइला क्याम्पसकाे आयोजनामा नयाँ आगन्तुक बिद्यार्थीहरुलाइ अभिमुखिकरण तथा तीज विशेष कार्यक्रम मंगलबार गरेकाे हाे ।

कार्यक्रममा बाेल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा वीरेन्द्रनगर नगरपालिका प्रमुख देबकुमार सुबेदीले सिद्धपाइला क्याम्पसले कर्णाली प्रदेशमा रहेर गुणस्तरीय शिक्षा प्रदान गरेकाे जानकारी दिए । उनले कर्णाली प्रदेश तथा नेपाललाई आबश्यक पर्ने दक्ष नागरिक तयार गरिरहेकाे उल्लेख गरे ।

क्याम्पसले आगामी दिनमा समेत बिद्यार्थीहरुलाइ पढाईको लागि उपयुक्त वातावरण तय गर्दै उनीहरुको व्यक्तित्व बिकासमा समेत विभिन्न तालिम समारोहको माध्यमबाट सहयोग पुर्याउने उनले जानकारी दिए ।

यता, अभिमुखीकरणमा बाेल्दै क्याम्पस सञ्चालक समिति सदस्य उपेन्द्र खड्काले क्याम्पसले स्थापना कालदेखि बिद्यार्थीहरुको इच्छा चाहानालाई मध्यनजर गरि गुणस्तरीय शिक्षा प्रदानमा अाफूहरु कटिवद्ध रहेकाे बताए ।

 

क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले वीरेन्द्रनगर नगरपालिका–६ बुद्धपथमा सञ्चालनमा रहेको क्याम्पसले आफ्नै संरचना निर्माण गर्नमा अग्रसर रहेको र मंगलगढी चौक नजिकै क्याम्पसले भौतिक संरचना निर्माणका लागि अन्तिम तयारी गरिरहेको  बताए ।

उनले केही वर्षमै तयार हुने भवनमा लिफ्टसहितको नक्सा निर्माणका काम अन्तिम चरणमा रहेको जानकारी दिए । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलार्इ सुर्खेतस्थित विभिन्न बैंकहरुसंग समन्वय गरेर क्याम्पसले विद्यार्थीहरुलाई ओजेटीको व्यवस्था गर्दै गरेकाे उनले बताए ।

क्याम्पसमा पढ्ने अधिकाँश विद्यार्थीहरुको पहिलो रोजाई बैंक नै पर्न थालेपछि बैंकसंग समन्वय गरेर ओजेटीमा अब्बल गराएर करिअर विकासमा क्याम्पस अग्रसर रहेकाे बताएका उनले निकट भविष्यमै आईसिटी जोड्ने तयारीमा रहेकाे उल्लेख गरे । कार्यक्रममा विविएस चाैथाे वर्षका उर्त्तीण भएका विद्यार्थीहरुलार्इ विदाइ समेत गरिएकाे थियाे ।