☰ open Loading... 16 November 2024|  

महिला मजदुरलाई सहयोग
  | २८ भाद्र २०७५, बिहीबार १४:३६

दैलेख । गिट्टी कुटेर जीवन निर्वाह गरिरहेका महिला मजदुरहरुलाई सहयोग गरिएको छ । आर.वि. कन्ट्रक्सन दैलेखले आर्थिक सहयोग गरेको हो ।


कन्ट्रक्सनका प्रोपराईटर रविन्सन थापा (रुपक) ले मजदूरलाई कपडा र नगद रुपैयाँ सहयोग गरेका हुन् । तिज पर्वको अवसर पारी कपडा र नगद दिएर सम्मान गरिएको थापाले बताए । नारायण नगरपालिकाभित्र गिट्टी कुटेर दैनिक ज्यालादारीमा परिवार पाल्दै आएका ११ जना महिला मजदूरहरुलाई सहयोग गरिएको जनाईएको छ ।

आफ्नो ब्यवसायको अर्थ आय आर्जन मात्र गर्नु नभई समाजमा रहेका दुःखी, गरिवहरुको सेवा गर्नुपर्ने दायित्व पनि भएकाले आफुले यस्तो सहयोग गरेको रवीन्सन थापाले बताए । समाजमा रहेका गरिव मजदूरहरुलाई आफुले सक्ने जति सहयोग गर्नुपर्ने उनले बताए ।

‘ब्यवसायमा कमाउने मात्रै उद्देश्य राख्नु हुर्दैन ।’ ब्यवसायी थापाले भने, मजदुरकै कारण आफ्नो ब्यवसाय चलेकाले उनीहरुलाई सहयोग गरे ।’ उनीहरुको आत्मसम्मान हुने र श्रमिकहरुलाई सम्मान गर्नु पर्दछ भन्ने सन्देश प्रवाह गर्नका लागि आफुले सहयोग गरेको बताए ।

सबैले सबै क्षेत्रबाट मजदूर त्यसमा पनि महिला मजदूरलाई भरपुर सम्मान गर्नुपर्ने बताए । दैलेख जिल्लामा आर.वि. कन्टक्सनले निर्माण ब्यवसायको काममा निर्धारित समायभन्दा अगाडी काम सक्ने भएकाले नेपाल सरकारबाट सम्मान पाएको छ ।

समयमै कार्य सम्पन्न गरेको र गुणस्तरीय कार्य गरेको भनि सम्बन्धित निकायबाट प्रमाण पत्र र पुरस्कार समेत पाईसकेको छ ।  कन्ट्रक्सनका प्रोपराईटर रवीन्सन थापा दैलेख उद्योग वाणिज्य संघ, दैलेखका वाणिज्य उपाध्यक्ष समेत हुन ।