| २९ भाद्र २०७५, शुक्रबार १७:०८
बुद्धिमान पुन
सल्यान । सल्यानका सतप्रतिशत बालबालिका बिद्यालय पहुँचमा रहेका छन् । सरकारले बिद्यार्थी भर्नालाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गरेपछि जिल्लाका सतप्रतिशत बालबालिका बिद्यालयको पहुँचमा आएका हुन् ।
अहिले जिल्लाका बिद्यालय उमेर समुहका सतप्रतिशत बालबालिका बिद्यालय पहुँचमा रहेको शिक्षा बिकास तथा समन्वय इकाई सल्यानका इकाई प्रमुख लिलाधर बबालले बताए । उनले बालबिकास देखी कक्षा १० सम्ममा गरेर जिल्ला भरी ५८ हजार ८ सय ६९ जना बिद्यालयमा भर्ना भएको जनाए।
उनले आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने परिवारका अभिभावकलाई शिक्षाको महत्व बुझाएर बालबालिकालाई विद्यालय भर्ना गरिएको बताए । जिल्लाका दश वटै स्थानिय तहहरुले आफ्नो क्षेत्र भित्रका बालबालिका कुुनै पनि बिद्यालय पहुँच बाहिर नभएको दावी उनकाे छ ।