☰ open Loading... 18 November 2024|  

रत्न राजमार्गको ठूलो व्यूरेनीमा दुई बस ठोक्कीदा ४४ यात्रु घाइते
  | ३० भाद्र २०७५, शनिबार १४:५६

सुर्खेत । सुर्खेतमा शनिवार दिउसो दुई बस एक आपसमा ठोक्कीदा ४४ यात्रु घाइते भएका छन् । रत्न रागमार्गको धुलियाविट–छिन्चु सडक खण्डको ठूलो ब्यूरेनीमा दुई बस ठोक्कीदा उनीहरु घाइते भएका हुन् ।

नेपालगञ्जबाट दैलेख जाँदै ना ४ ख ७०२४ नम्बरको बस र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको बा ३ ख ६२१२ नम्बरको बस ब्यूरेनीको मोडमा ठोक्कीएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते चौकुने गाउँपालिका–९ बस्ने ममता विकको माया नर्सिङ्ग होममा उपचार भइरहेका छ । बाँकी ४३ जना यात्रु सामान्य घाइते छन् भने उनीहरुको माया नर्सिङ्ग होम र देउती अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक हरि विसीले जानकारी दिए ।

‘दुइ बस मोडमा स्पिडमा चलाएको ठोक्कीएको हुनसक्छ’ विसीले भने, ‘यसबारे हामीले अनुसन्धान अघि बढाएका छौं ।’ दुर्घटना हुँदा शनिवार दिउसो केही बेर सडक अवरुद्ध भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र यात्रुहरुको सहयोगमा बसलाई जेसिभी लगाएर साइड लगाइएको थियो ।

……………………………………………………………..

रत्न रागमार्गको सुर्खेत नेपालगञ्ज सडक खण्डको ठूलो ब्यूरेनीमा बस दुर्घटनाहुँदा १३ यात्रु घाइते भएका छन् । सुर्खेतबाट नेपालगञ्ज र नेपालगञ्जबाट दैलेख जाँदै गरेको बस शनिवार दिउसो दुई बस ठोक्कीदा उनीहरु घाइते भएका हुन् ।

 

घाइतेहरुको माया नर्सिङ्ग होममा उपचार भइरहेको छ । नेपालगञ्जबाट दैलेख जाँदै ना ४ ख ७०२४ नम्बरकाे बस र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेकाे बा ३ ख ६२१२ नम्बरकाे बस ब्यूरेनीकाे माेडमा ठाेक्कीएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजाैरेले जानकारी दिए ।

‘दुर्घटनाका घाइतेहरुलार्इ उद्धार गरेर अस्पताल पुर्याएका छाैं’ एसपी रजाैरेले भने, ‘माेडमा स्पीडमा बस भएकाले दुर्घटना भएकाे हुन सक्छ यस बारे अनुसन्धान अघि बढाएका छाैं ।