☰ open Loading... 17 May 2024|  

हरियाे सालका रुख काट्ने सुर्खेतमा दुर्इ पक्राउ
  | ३० भाद्र २०७५, शनिबार १७:३८

सुर्खेत । सुर्खेतमा हरिया सालका रुख काट्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको छ । वीरेन्द्रनगरको बाँगेशीमल नजिकै जंगलमा हरियो सालको रुख काट्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा बाँगेशीमलका क्षितिज विक र हर्क विक रहेको सुर्खेत डिभिजन वन कार्यालय डिभिजन वन अधिकृत हेमराज विष्टले जानकारी दिए ।

‘केही समय अघि देखी सालका रुख काट्दै गरेको जानकारी आएपछि कार्यालयले निगरानी बढाएको थियो’ डिभिजन वन अधिकृत विष्टले भने, ‘शुक्रबार राती १ बजेसम्म वनको टोलीले जंगलमा सर्च गर्दा पनि भटिएनन् । तर शनिवार विहान रुख काट्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।’ पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको र वन ऐन अनुसार कारवाही गरिने विष्टले बताए ।