☰ open Loading... 28 September 2025|  

घरेलु मदिरामा सुर्खेत प्रहरीको निगरानी
  | ३० भाद्र २०७५, शनिबार १७:५९

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध घरेलु मदिरामा निगरानी बढाएको छ । घरेलु मदिराका कारण महिला हिंसा, बालहिंसा, अपराध जस्ता गतिविधिहरु हुन थालेपछि प्रहरीले अवैध मदिरामा निगरानी बढाएको हो ।


प्रहरीले शनिवार मात्रै वीरेन्द्रनगरको बजार क्षेत्र र विभिन्न स्थानहरुबाट घरेलु मदिरा जफत गरेर नष्ट गरेको छ । तयारी अवास्थाको ३५० लिटर र मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ दुई हजार लिटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बशन्त रजौरेले जानकारी दिए ।

उनले अवैध घरेलु मदिरा खोज तलास तथा नष्ट अभियान अन्तरत ८ थान मदिरा उत्पादन गर्ने भाँडाहरु समेत बरामद गरेको बताए । रजौरेका अनुसार नजिकै आउँदै गरेको दशैं तथा तिहार लगायतका पर्वलाई शान्तिपूर्ण बनाउन अवैध मदिरा नियन्त्रण अभियान थालनी गरेको बताए ।

‘समाजमा सबैभन्दा बढी विवाद गराउने, झैझगडा हुने र दुर्घटना हुने भएका कारण हामीले अवैध मदिरालाई नियन्त्रण गर्ने अभियान शुरू गरेका हौं,’ मदिरा नियन्त्रण अभियानबारे जानकारी दिँदै एसपी रजौरेले भने, ‘हाम्रो यो अभियानलाई सफल पार्न सबैबाट सहयोग पाउने प्रहरीको अपेक्षा छ ।’

चाड पर्व नजिकीदै गर्दा आगामी दिनमा यो अभियालाई थप सशक्त पार्ने एसपी रजौरेको भनाई छ । प्रहरीले बरामद गरेको घरेलु मदिरा शनिवार प्रहरी कार्यालय परिसरमा नष्ट गरेको छ ।