☰ open Loading... 17 May 2024|  

दैलेखका असल अामालार्इ पुरस्कार दिइने
  | १ आश्विन २०७५, सोमबार १२:३९

दैलेख । किशोर किशोरीहरुको सहभागिता,परिवार नियोजन सेवाको सुनिश्चितता भन्ने नाराको साथ नारायण नगरपालिका दैलेख असल आमा प्रोत्साह पुरस्कार वितरण गर्ने भएको छ । पछिल्लो समयमा मातृ मृत्युदर र शिशु मृत्यूदरलाई न्यूनिकरण गर्ने र अामा तथा परिवारलाई प्रोत्साहन गर्ने उदेश्यसहित उनीहरुलार्इ पुरस्कृत गर्न लागिएकाे हाे ।

प्रथम नगर सभाबाट आवश्य बजेट छुट्याईएको भए पनि गत बर्ष बिविधकारण बस बितरण गर्न नसकिए पनि यस वर्ष पुरस्कृत गर्ने तयारी गरेको नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले जानकारी दिए ।

भाेली मनाउन लागिएकाे पाँचौ नेपाल परिवार नियोजन दिवसको उपलक्ष्यमा नारायण नगरपालिकामा स्थाई बसोवास गर्ने पछिल्ला २ बर्ष यताको आमा तथा शिशुलाई पुरस्कृत गर्ने योजना रहेको स्वास्थ्य संयोजक लाल बहादुर खड्काले बताए ।

पछिल्लो २ बर्ष यता जन्मिएका आमा तथा शिसु गर्भाअवस्थामा गरिने नियमीत गर्वजाँच,स्वास्थय सस्थामा सुत्केरी,पूर्ण खोप,२ वटा मात्र सन्तान, सिशु स्वस्थ तथा उमेर पुगेर बिवाह गरेकाहरु पुरस्कारको दायरामा पर्ने जनाएको छ ।

गत आवको तथ्याङ्क हेर्दा करिव ११ सय सुनौला हजार दिनको आमा तथा सिशु भएको देखिन्छ भने । यो बर्ष हाल सम्म करिव छ सय आमा तथा शिसु भएको तथ्याङ्क छ । पुरस्कारको दायरामा आउने आमाहरुले आवश्यक कागज पत्रसहित अाजसम्मका लागि पेश गर्ने समय दिईएको छ ।