☰ open Loading... 25 February 2025|  

चलचित्र एक दिनको टेर्लर सार्वजनिक (भिडियाे)
  | २ आश्विन २०७५, मंगलवार १३:३९

सुर्खेत । श्रीनाथ फिल्मस्को ब्यानरमा निर्माण भएको कर्णली प्रदेशकै पहिलो चलचित्र एक दिनको टेलर सार्वजनिक गरिएको छ । चलचित्रमा प्रेम शर्मा, गणेशभक्त गौतम, याम नारायण आचार्य, खम्बराज गिरी,प्रेमदेब गिरी, चिन्तामणि कडेल, धर्म नेपाली, दिपेन्द्र बलि, सिता पंगाली, खुमलाल आचार्य, प्रकाश पौडेल, ललित बहादुर कसेरा, सबिता राणा, प्रमोद हमाल, टिकाराम रावल को अभिनय रहेको छ ।

चलचित्र मेहेनत र सोचेको अनुसार नै बनेको चलचित्र का लेखक तथा निर्देशक निर्मल प्याकुरेलले बताए । चलचित्रको कुल लागत २५ लाख रहेको र चलचित्रको रिलिज मिति तय भएपनि छिटै नै मिति ताेकर अल नेपाल रिलिज गरिने निर्माण पक्षले जानकारी दिएकाे छ ।

सम्पुर्ण डिजिटल राईट बुढासुब्बा म्युजिक प्रा.लि. लाई दिईएको चलचित्रका निर्माता प्रेम शर्माले जानकारी दिए । चलचित्रको छायाँकन कर्णाली प्रदेशको राजधानी सुर्खेतमै गरिएकाे छ ।

प्रदेशको कला संस्कृती जर्गेना संरक्षण र प्रद्धर्धनका लगि प्रदेश सरकारले चलचित्र, गित संगित संबन्धी संध–संस्थाहरु प्रदेशमै छिटो भन्दा छिटो ल्याउनु पर्ने आबश्यक रहेको श्रीनाथ फिल्म्स का अध्यक्ष जगत प्याकुरेल बताउँछन् ।