सुर्खेत । सुर्खेतमा बोलेरो जीप भिरबाट खसाएर चालक वेपत्ता भएका छन् । रत्न राजमार्गको धुलियाविट–छिन्चु सडक खण्डको ठुलो ब्युरेनी मोडबाट लु १ ज ३८२७ नम्बरको बोलेरो जीप भिरबाट खसाएर चालक वेपत्ता भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।
वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको बोलेर जीप ठूलाे ब्युरेनीको मोडमा झण्डै दश मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए ।
उनका अनुसार भिरमा गाडी खसे लगत्तै चालक फरार छन् । जीपमा सवार वीरेन्द्रनगर–३ बस्ने १७ वर्षीय भरत थापा भने घाइते भएको प्रवक्ता चौधरीको भनाई छ । उनले थापाको माया नर्सिङ होममा उपचार भइरको छ । फरार रहेका चालकको खोजी कार्य शुरु गरिएकाे प्रहरीको भनाई छ ।
यता, शुक्रबार दिउसो ३ बजे वीरेन्द्रनगर–५ रातोपुल नजिकै मोटरसाईकल र पावर ट्रेलर ठोक्कीदा एक जना घाइते भएका छन् । भे ६ प ३७२६ नम्बरको मोटरसाईकल र न ४ ख ६७३७ नम्बरको पावर ट्रेलर एकआपसमा ठक्कीएका थिए ।
दुर्घटनामा मोटरसाईकल चालक तेजबहादुर शाही घाईते भएका छन् । मोटरसाईकल र पावर ट्रेलरलाई भने जिल्ला ट्राफिक कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ ।