☰ open Loading... 26 April 2024|  

घुस्राको जनसेवा मा.वि.स्मार्ट स्कुल घोषणा ।
  | ५ आश्विन २०७५, शुक्रबार १८:१७

सुर्खेत । वीरेन्द्रनगर–१० घुस्रामा रहेको जनसेवा माध्यमिक विद्यालय स्मार्ट स्कुल घोषणा भएको छ । स्मार्ट स्कुलका विभिन्न ६ सूचक विद्यालयले पूरा गरेपछि शुक्रबार स्मार्ट स्कुल घोषणा गरिएको हो ।

 

विद्यालयमा सफा शौचालयको प्रायोग, शुद्ध पिउने पानीको प्रयोग, स्वच्छ वातावरण, महिनावरी छात्राहरुका लागि स्वच्छता, स्वस्थ खाना र हातधुने तरिका गरी ६ सूचक पूरा गरेपछि स्मार्ट विद्यालय घोषणा गरिएको विद्यालयका प्रचार्य भक्तबहादुर शाहीले जानकारी दिए ।

स्मार्ट स्कुल घोषणाका लागि विद्यालयमा विद्यालयको झण्डासहित विभिन्न स्वस्थ सूचकका झण्डोतोलन गरिएको थियो । स्मार्ट स्कुल कार्यक्रम सुन्दर नेपाल संस्थाको अगुवाईमा गरिएको प्राचार्य शाहीले बताए ।

विभिन्न अक्षय कोष स्थापना

यसैविच, जनसेवा माध्यमिक विद्यालयले विभिन्न अक्षयकोषहरुको स्थापना गरेको छ । जसमध्य प्रेम नैना अक्षय कोषमा १ लाख, अल्फा बर्दशमा १ लाख, देउती बज्यै सामुदायिक बनबाट एक लाख एक हजार एकसय पच्चिस, प्रेम बि.सी.ले आफ्ना बुवा आमा र सासु ससुराको नाममा १ लाख, राम लक्ष्मी शाहीले १ लाख र रण बहादुर बुढाले रणलिला अक्षयकोष अन्र्तरगत १ लाख अक्षय कोष विद्यालयका लागि हस्तान्तरण गरिएका छन् । विद्यालयले राखेको दान पेटिकामा बिभिन्न व्यक्तिहरुले ७३ हजार रकम दान गरेको प्राचार्य शाहीले जानकारी दिए ।

कर्णाली प्रदेशका सांसद यामलाल कंडेलले उद्घाटन गरेको कार्यक्रममा सांसद पद्मा खड्का, वीरेन्द्रनगर–१० का वडाअध्यक्ष रत्न बहादुर बुढा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नन्दलाल शर्मा, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख जीतबहादुर शाहले सामुदायिक विद्यालयतर्फ उकृष्ट विद्यालय बन्न सुझाएका थिए ।