☰ open Loading... 26 April 2024|  

लागु औषधसहित एक पक्राउ
  | ७ आश्विन २०७५, आईतवार १८:१८

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषधसहित एक महिलालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१२ बस्ने २६ वर्षीया पवित्रा विसी (विष्ट) लाई प्रहरले लागु औषधसहित पक्राउ गरेका हो ।


नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको हाइसमा सवार विसीलाई चेकजाँचको क्रममा सुब्बाकुनाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्याम सिंह चौधरीले जानकारी दिए ।

उनका अनुसार विसीको साथबाट प्रहरीले २ पुडिया २ ग्राम ६१० मिलिग्राम लागु औषध बरामद गरेको छ । विसीलाई आईतबार प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाएको बताएको छ ।