☰ open Loading... 18 May 2024|  

मंसिरदेखी सुर्खेतमा कर्णाली महोत्सव सञ्चालन हुने
  | ९ आश्विन २०७५, मंगलवार १५:५९

सुर्खेत । आगामी मंसिर महिनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णाली महोत्सव सञ्चालन गरिने भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा सुर्खेत चेम्बर अफ कमर्सको आयोजनामा आगामी मंसीर १९ गते देखि पुष १ गतेसम्म कर्णाली महोत्सव–२०७५ को आयोजना गरिन लागिएको हो ।

नेपाल चेम्बर अफ कमर्स काठमाण्डौ सह आयोजक रहने सो महोत्सवलाई नेपाल चेम्बरले प्रदेश स्तरीय महोत्सवको रुपमा संचालन गर्न निर्देशन दिएकाले महोत्सव सज्ञको र सो महोत्सवमा नेपाल सरकारका विशिष्ट व्यक्तिहरुको समेत आगमन बताइएको छ ।

देश विदेशबाट समेत उधोगपती÷लगानीकर्ताहरुको सहभागीता हुने जानकारी दिदै सुर्खेत चेम्बरका महासचिब रामबहादुर खड्काद्धारा जारी विज्ञप्तीमा कर्णाली महोत्सव–२०७५ लाई सम्पन्न गर्न सबै पक्षको सहयोग एवम सहभागिताका लागी अनुरोध गरिएको छ ।