☰ open Loading... 23 December 2024|  

मेरा लागि माेक्ष घाट निर्माणार्थ वीरेन्द्रनगरमा धार्मिक महाेत्सव शुरू
  | ९ आश्विन २०७५, मंगलवार २०:२१

सामाजिक विकास मन्त्रालयले २० लाख सहयाेग गर्ने बचन

सुर्खेत । भेरीगंगा सांस्कृतिक धार्मिक महामहोत्सवको मंगलबार उद्घाटन भएको छ । भेरी नदीको समझीघाटमा मेरा लागि स्मार्ट मोक्षघाट निर्माण अभियानका लागि धार्मिक महोत्सवकाे कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले उद्घाटन गरेका हुन् ।

महोत्सव उद्घाटन गर्दै प्रदेश प्रमुख खनालले सुर्खेतबासिहरुले जीवन अन्त्यष्टी पश्चात अर्को लोक प्रवेशको लागि नयाँ र व्यवस्थित मोक्षघाट निर्माण गर्ने प्रयास गर्नु गौरवको कुरा रहेको बताए ।

उनले धार्मिक क्रियाकलापद्वारा सामाजिक कार्य गर्नु अत्यन्तै स्रहानीय कार्य भएको उल्लेख गरे । प्रमुख खनालले मोक्षघाट निर्माण अभियान अन्र्तगत डिपिआर तयार भएको खण्डमा आफुले गर्नुपर्ने जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तिले आफु सुर्खेतबासी भएको भन्दै स्मार्ट मोक्षघाट निर्माण अभियानमा प्रदेश सरकारबाट गर्नुपर्ने सहयोगको कुनै कसुर बाँकी नराख्ने प्रतिद्धता व्यक्त गरिन् ।

सामाजिक विकास मन्त्री दल रावलले प्रदेश सरकारद्वारा घोषित डिजिटल कर्णाली प्रदेशलाई स्मार्ट मोक्षघाटले सफल पार्न सक्ने भन्दै उक्त कार्यको लागि न्युनतम २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

‘धर्मका अनुसार समाज परिवर्तन हुन्छ’ उनले भने ‘मोक्षघाट सुर्खेतबासीको मात्र नभई समग्र कर्णाली प्रदेशको हो ।’ भुमि व्यवस्थापन मन्त्री विमला केसीले जनताको महानतालाई कदर गर्दै यस्तो कार्यप्रति खुशी व्यक्त गरिन् ।

उनले उक्त कार्यलाई सफल बनाउन आफ्नो मन्त्रालय र प्रदेश सरकार जुनसुकै सहयोग गर्न तयार रहेकाे बताइन्  । त्यस्तै उद्योग पर्यटन मन्त्री नन्दसिहं बुढाले आयोजना महत्वपूर्ण भएको भन्दै आफुहरु सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

द्घाटन समारोहमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ स्थित खारखोली सामुदायिक वनले १ लाख ५ रुपैयाँ स्मार्ट मोक्षघाटका लागि दान गरेको छ । आयोजक समितिद्वारा उक्त सामुदायिक वनका पदाधिकारिहरुलाई महोत्सव गेटदेखि फुलमाला र बाजासहित मन्चमा स्वागत गरिएको थियो ।

महोत्सवको अवधिभर यज्ञमा १००८ शालीग्राम भगवानको दर्शन प्रदक्षिणा, प्रत्येक दिन आरती प्रज्वलन, गौदान, ग्रहशान्ति, सोह्रश्राद्धलगायतका धार्मिक संस्कारहरू गरिनेछ । प्रत्येक दिन विहान १० बजेदेखि ४ बजेसम्म संगीतमय कथा, प्रवचन, झाँकी प्रदर्शन गरिने बताइएको छ ।

महोत्सवमा संकलन हुने जिन्सी तथा नगदको आयव्यय पारदर्शी तरिकाले सार्वजनिक हुनेमा विश्वस्त हुँदै सबैलाई स्मार्ट दाहसंस्कार स्थल निर्माण गर्ने अभियानमा सहयोग गर्न आग्रह गरिएको छ । समझीघाटमा बनाइने दाहसंस्कार स्थल मुलुककै नमुना हुने अभियानकर्ताहरूले दाबी गरेका छन् ।