☰ open Loading... 20 April 2024|  

बडिविल्डीङ्ग प्रतियोगिताका लागि सुर्खेतका विसी सहभागी
  | १७ आश्विन २०७५, बुधबार १८:३८

सुर्खेत । काठमाडाैंमा हुन लागेकाे धर्मश्री (बडिविल्डीङ्ग) प्रतियोगिताका लागि सुर्खेतबाट विष्णु विसी सहभागी भएका छन् । जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरी र मिड वेर्ष्टन फिटनेस सेन्टरका सञ्चालक प्रमोद हमालले विसीलाई बुधबार विदाई गरेका हुन् ।


१५ औं धर्मश्री (बडिविल्डीङ्ग) प्रतियोगिता असोज १९ र २० गते काठमाडौंमा हुँदैछ । विगत तीन वर्षदेखी मिड वेर्ष्टन फिटनेस सेन्टरले धर्मश्री प्रतियोगिताका लागि खेलाडीलाई प्रशिक्षण दिएर सहभागी गराउँदै आएको छ ।

प्रतियोगिताका लागि सहभागी भएका विसीलाई राम्रो प्रदर्शन गर्न जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरी र मिड वेर्ष्टन फिटनेस सेन्टरका सञ्चालक हमालले शुभकामना व्यक्त गरेका थिए ।

विसीलाई खेल अवधिमा लाग्ने सम्पूर्ण खर्च समेत मिड वेर्ष्टन फिटनेस सेन्टरले ब्यहोर्दै आएको छ । यसअघिका प्रतियोगितामा सहभागी भएका विष्णु योगी र समेश रानामगर टप पाँचौं स्थानमा पुगेका थिए ।