☰ open Loading... 26 April 2024|  

सुर्खेतमा राष्ट्रिय युवा सम्मेलन सुरु
  | १७ आश्विन २०७५, बुधबार १८:१४

सुर्खेत । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीको विकासका लागि युवा सहभागिताको खा“चो औंल्याएका छन् । ‘वैदेशिक रोजगारीका कारण युवाहरु बाहिरिने क्रम बढेको चिन्ता व्यक्त गर्दै उनले दक्ष युवा शक्तिबिना कर्णाली सम्वृद्ध बन्न नसक्ने बताए ।

सुर्खेतमा मंगलबार राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै मन्त्री ज्वालाले सरकारले चालू आवको बजेटमा युवा लक्षित थुपै्र कार्यक्रम ल्याएको बताए ।

उनले कर्णालीको विकासमा मुख्य समस्या नै दक्ष युवा जनशक्तिको कमी रहेको बताए । दिगो विकास लक्ष्यका लागि नेपाल युवा सञ्जालले राष्ट्रिय युवा सम्मेलनको आयोजना गरेको हो । तीन दिने सम्मेलनमा सात वटै प्रदेशका १८ देखि २४ वर्ष उमेर समूहका ६० युवा सहभागी छन् ।

सञ्जालका राष्ट्रिय संयोजक अमृत देवकोटाले दिगो विकासका लक्ष्यलाई कसरी हासिल गर्ने र युवामैत्री नीतिका लागि युवाहरुबीच साझा धारणा तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।

दिगो विकास लक्ष्यका पा“च आधारशिलामाथि विज्ञहरु डा. राजेन्द्र देवकोटा, योगेन्द्र शाही, नरेश शर्मा, वसन्त गौतम लगायतले सहजीकरण गरिरहेका छन् ।