मानिसले आफ्नै सोचाइँको उत्पादनबाटै भविष्यको मार्ग पहिल्याउँछ । हुन न महात्मा गान्धीले समेत भनेका छन्, ‘मानिस आफ्नै सोचाइँको उत्पादन हो । ऊ त्यहीँ बन्छ जे ऊ सोच्दछ ।’ यो कथनलाई व्यापारी बासुदेव शर्माले चरितार्थ उतारेका छन् ।
दैलेखको चामुण्डाविन्द्रासैनी–७ बाहुनगाउँमा जन्मिएका शर्माले बाल्यकालका कैयौं उतारचढाव गाउँमै व्यतीत गरे । हँसिला र बोलीमा तटस्थ व्यक्तित्व भएकै कारण शर्माले बाल्यकालदेखी नै विद्यार्थी राजनीतिमा पनि होमिए । जिन्दगीमा के बन्ने सोच उनमा त्यत्तिबेला थिएन् तैँ पनि आफ्नै सोचाइँका उत्पादनले उनलाई एक समाजसेवी व्यापारीको रुपमा स्थापित गराई दियो ।
भैरव प्राथमिक विद्यालय डङ्गसुरमा अक्षर चिनेका शर्माले जयदेवी निम्न माध्यामिक विद्यालय जम्बुकाँधबाट निम्न माध्यामिक विद्यालयसम्मको अध्ययन गरे । गाउँमै रहँदा बुवाले नेपालगञ्जदेखी भरियामार्फत सामान ल्याएर व्यापार गर्दाको त्यो क्षणले उनको मानसपटल नै हलचल गथ्र्यौ ।
यो बेला जस्तो मोटरबाटाको सञ्जाल जोडिएको थिएन् । भरिया लगाएरै सामान लिने संस्कार त्यत्तिबेला कायम थियो । गाउँमै रहँदा उनले अभिभावले निर्वाह गर्ने भुमिका बारे चाख राख्थे । निमावि पछिको शिक्षा उनले विजया उच्च माध्यमिक विद्यालय दुल्लुबाट पूरा गरे । त्यो बेला उनले नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीति समेत शुरु गरिसकेका थिए । गाउँमा हुने हरेक राजनीतिक कार्यक्रममा उनको सक्रिय सहभागिता हुन्थ्यो ।
तर, घरपरिवारबाट भने शर्मालाई यस्तो कार्य गर्नु हुँदैन भन्ने कहिल्यै रोकवाट आएन् । ‘कसैलाई पनि दवावमा राखेर यो बन्नुपर्छ भन्ने सोच लाद्नु हुँदैन्’ शर्मा भन्छन्, ‘म सत्मार्गमा हिड्छु र अभिभावप्रति नै वफादार भएर काम गर्छु भनेर त्यत्तिबेलादेखी कटिवद्ध भएकै कारण कसैबाट दवाव बहन गर्नु परेन् ।’
एसएलसीसम्मको पढाई दुल्लुमा पुरा भएपछि उच्च शिक्षा लिन शर्मा सुर्खेतको वीरेन्द्रनगर हानिए । २०५२ सालमा वीरेन्द्र बहुमुखी क्याम्पसमा आइए पढ्न भर्ना भए । पहिलो वर्षको पढाई राम्रो भए पनि दोस्रो वर्षको पढाईमा भने ब्रेक लाग्यो । शर्मा वीरेन्द्रनगर पढ्न हानिए पछि कर्णाली राजमार्गले दैलेख खण्डमा कर्णाली तिर छिचोलि रहेको थियो ।
सडकको विकासले शहरभन्दा उत्साह र अवसरहरु गाउँमै पछ्याउन थालिसकेका थिए । शर्मालाई पनि वीरेन्द्रनगरमा पढ्नेभन्दा जन्मभुमिमै व्यापार गर्ने सोच जाग्यो । अन्ततः २०५३ सालमा उनले दैलेखको रामाघाटमा शर्मा स्टोरबाट व्यापारको थालनी गरे । सुर्खेत–जुम्ला सडक निर्माणको क्रममा रहेकाले रामघाटमा व्यापारिक चहलपहल बढेको थियो । पैदलमार्गबाट हप्तौं लगाएर आइपुग्ने व्यापारिक समाग्री दिनभरमै रामाघाटमा पुग्ने तयारीमा थियो ।
विगतका व्यापारीहरुले सामाग्री ढुवानीमा झेल्नु परेको अल्झन शर्माको पालामा विस्तारै काम हुँदै गएको थियो । घर आँगनमै मोटरले सामग्री पु¥याइदिँदा व्यापारिक कारोवार झनै सहज बन्दै गएको थियो । ‘उत्पादनशिल क्षेत्रमा स्वरोजगार बन्नु पर्छ भन्ने भावना मनमा जागृत भयो र मैले व्यापार शुरु गरे’ शर्माले विगत सम्झदै थपे, ‘रोजगारीकै लागि अल्झिनुभन्दा उत्पादनमुखी व्यवसायमा लाग्नु पर्छ र विभिन्न समाज सेवा गर्न सहज हुन्छ भन्ने ज्ञान भएकै कारण मेरो व्यापार यात्रा भएको थियो ।’ सातला, जम्बुकाँध, अछामको कालिकास्थान लगायत क्षेत्रको लागि व्यापारिक केन्द्र रामघाट थियो । शर्माले शुरु गरेको खाद्य पसलले पनि रामघाटमै राम्रै कारोबार गरिरहेको थियो ।
उजाडिएको त्यो रात
कर्णाली राजमार्गले आशाका किरण उदाइ रहेका थिए । हप्तौं लाग्ने सुर्खेत यात्रा एक दिनमा छिचोल्न सकिने बन्दै थियो । शर्माले शुरु गरेको व्यापारले प्रख्यातीसंगै राम्रो मुनाफा भएकै थियो । घर व्यवहार पनि व्यापारले गर्दा सहज बनेको थियो । देशमा व्यवस्था परिवर्तन गर्न २०५२ सालमा सशस्त्र युद्ध शुरु भइसकेको थियो । ६ वर्षसम्म शर्माले रामघाटमा व्यापारलाई अब्बल बनाउन रातदिन मेहनत गरिरहेका थिए ।
व्यापारमा परिवर्तनशील र रोजगारीमुलक बनाउन उनको मेहनत जारी थियो । तर २०५९ सालमा तत्कालिन माओवादीले उनको व्यापार लुटे । झण्डै ६० लाखको व्यापारिक क्षती शर्माले ब्यहोरे । मध्यराती आएका तत्कालिन माओवादीले उनको पसलका सबै सामग्री उठाए ।
‘म पसलमै सुतेको थिए । मध्यराती तत्कालिन माओवादीको एक समूहले मलाई उठिवास बनायो’ विगतको त्यो क्षणलाई सम्झदै शर्माले भने, ‘जिन्दगीमा जति मैले त्यहीँ पसलका लागि मेहनत गरे त्यो सबै ध्वस्त भयो म उजाडिएँ । मध्यरातमा ९ वर्षीय छोरी लिएर हाफ पाइन्ट र गञ्जीसंगै गाउँको घरमा पुगेको थिएँ ।’
सशस्त्र द्वन्द्वको प्रभाव बढ्दै जान थालेपछि गाउँमै बस्न शर्माले उचित ठानेनन् । एक वर्षसम्म आफु उजाडिएको त्यो क्षणले केही गर्ने हिम्मत समेत उनमा जागेन् । व्यापारिक रुपमा पूर्ण विस्थापित भएका शर्मा पुनः २०६१ सालमा सुर्खेत आए । उनले सुर्खेतको वीरेन्द्रनगरमै दुर्गा भगवती इन्टरप्राइजेजबाट पुनः व्यापारिक यात्रा शुरु गरे ।
‘इमान्दारिता त्याग्नु हुँदैन् र इमान्दारिताका साथ चल्नु पर्छ भन्ने मेरो मान्यता हो’ शर्मा भन्छन्, ‘जब मानिस स्वविवेकले अघि बढ्छ नी तब मात्रै उस्ले जिन्दगीमा आफू केही बन्छ र खुलेर अरुको सेवा गर्नमा तल्लिन हुन्छ ।’
सामाजिक यात्रा
बाशुदेव शर्मा यस्ता व्यापारिक हुन् जुन कमाएको केही रकम सामाजिक क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यापारी हुन् । यहाँ कयौं व्यापारीहरु मुनाफा कै पछि लागेर समाजका लागि एक रुपैयाँ लगानी गर्न डराउँछन् । शर्माको समाजप्रति जनउत्तरदायि भुमिकाकै कारण सामाजिक संघ संस्थामा आवद्ध समेत भइसकेका छन् । शर्मा लायन्स क्लव अफ भ्यालीको अध्यक्ष, नेपाल रेडक्रस सुर्खेतको आजीवन सदस्य, भेरी कर्णाली ट्रक यातायात समितिको संस्थापक सदस्य र अध्यक्ष भइसकेका छन् ।
हाल उनी हिमाल यातायातका सल्लाहकार हुन् । सुर्खेत उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष रहेका शर्माले आफ्नै जन्मभुमि गाउँमा रहेको विन्द्रासैनी मन्दिर परिसरमा व्यक्तिगत दश लाखको लगानीमा धर्मशाला निर्माण गरिसकेका छन् ।
वीरेन्द्रनगरमै कतिपय सामाजिक कार्यहरुमा अग्रसर भएर दानी बन्दै आएका शर्मा दिनदुखीहरुको सेवा गर्नमा अग्रसर हुन्छन् । ‘मरेर लानु केही छैन् । तर बाँचुञ्जेल समाज सेवामा केही प्रतिशत रकम दिनदुखीका निम्ति लगानी गर्ने हो भने पुण्य कमाइन्छ’ शर्मा भन्छन्, ‘व्यापारीहरु मुनाफामुखी हुनुपर्छ तर मेरो मान्यता मुनाफाको केही रकम समाजकै लागि खर्चिनु पर्छ भन्ने नै हो ।’
वीरेन्द्रनगरमा दैलेखकै बाहुल्यता बढी रहेकाले उहाँहरुले भोगेका समस्याहरुको समाधान गर्नमा शर्मा अग्रसर छन् । शर्मा व्यापारसंगै २० प्रतिशत पार्टीको काममा अग्रसर हुन्छन् । २०४८ सालमै नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका शर्मा पार्टीका विभिन्न गतिविधिहरुमा सहभागी हुन्छन् ।
भविष्यमा नेता बन्ने सोच पनि छ है भन्ने प्रश्नमा शर्माको उत्तर थियो, ‘अवसर स्थानीय तहको निर्वाचनमै आएको थियो । तर म होमिएन् । राजनीतिमा अझै गर्न बाँकी नै रहेकाले परिवर्तित समयमा भविष्यमा तपाईँले भनेको बाटोमा पनि अग्रसर हुनेछु ।’
भोलीको योजना
नीजि क्षेत्रको नेतृत्व गर्दै आएका शर्माको सोच व्यापारिक क्षेत्रपनि आवश्यकता अनुसार परिवर्तन हुनु पर्ने बताउँछन् । ‘सधैँ एकैनाशको व्यापारले दिर्घकालिन बन्दैन्’ शर्मा थप्छन्, ‘उत्पादन क्षेत्रमा लगानी गरेर व्यापारीहरु उत्पादिनशील बनेपछि मात्रै सम्भावनाका ढोकाहरु उघारिन्छन् ।’
खाद्यान्न, ढुवानी र निर्माण क्षेत्रमा काम गर्दै आएका शर्माले यो व्यापारलाई व्यवस्थित गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्ने सोचमा छन् । दुर्गा भगवती इन्टरप्राइजेजमा शर्माले प्रत्यक्ष रुपमा ३० जनालाई रोजगारी दिँदै आएका छन् ।