सुर्खेत । सुर्खेतको विंग्स फाउण्डेशनले कालिकोटको विकट गाउँपालिका महावै-३ ओदानकुमा बाल शिविर संचालन गरेको छ । गत विहीवार र शुक्रवार दुई दिन आयोजना गरिएको शिविरमा करिव ५ सय बालबालिकाहरुको स्वास्थ्य जाँच गरिएको छ ।
विंग्स फाउण्डशेनका अध्यक्ष डा. नवराज केसीको नेतृत्वमा गएको टोलीले शिविरमा बालबालिकाहरुलाई स्वास्थ्य उपचार गर्नुका साथै प्राथमिक उपचार र अपांगतासम्वन्धी जानकारी दिइएको कोषाध्यक्ष दिपक गौतमले जनाए ।
शिविरमा विंग्स फाउण्डेशनका तर्फबाट करिव २ लाख मूल्यको औषधि निःशुल्क प्रदान गरिएको थियो । बालबालिकाहरुमा धेरैजसो मुटु सम्वन्धी र कानपाक्ने रोगको संक्रमण पाइएको कोषाध्यक्ष गौतमले बताए ।
शिविरमा अध्यक्ष डा. केसी, कोषाध्यक्ष गौतमसहित सचिव किरण बस्नेत र स्वास्थ्यकर्मीहरु सिअहेव राजेश बुढा र रेशम गौतम संलग्न थिए । फाउण्डेशनले दोस्रो पटक जिल्ला बाहिर गइ शिविर संचालन गरेको हो । यसअघि जाजरकोटमा संचालन गरिएको थियो ।