☰ open Loading... 26 April 2024|  

प्रदेश प्रमुखलाई दैलेखमा भब्य स्वागत
  | ८ कार्तिक २०७५, बिहीबार १४:२४

दैलेख । कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई दैलेखमा भब्य स्वागत गरिएको छ । पहिलो पटक प्रदेश प्रमुख जिल्लामा आएको भन्दै भब्य स्वागत गरिएको हो ।


कर्णाली प्रदेश प्रमुख डुंगेश्वर गाउँपालिकास्थित सीता मावि प्राविधिक शिक्षा संचालन तथा स्मार्ट विद्यालय निर्माणका लागि गरिएको धार्मिक महामहोत्सव ज्ञान महायज्ञको उद्घाटनका लागि आएका हुन् ।

डुंगेश्वर गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्ल, अन्य जनप्रतिनिधि तथा स्थानीयहरु सिता जनसहयोग मावीमा भएको कार्यक्रममा स्वागत गरेका थिए । उनी प्रदेश प्रमुख चुनिएपछि पहिलो पटक दैलेख आएका हुन् ।

गाउँपालिकाले प्रदेश प्रमुखसंग दशंैतिहार सुभकामना तथा चियापान कार्यक्रम पनि राखेको थियो । प्रदेश प्रमुखलाई आफ्नो गाउँपालिकामा स्वागत गर्न पाउँदा निकै खुसी भएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए ।