☰ open Loading... 5 May 2024|  

देउतीले भित्र्यायो ‘लचकदार एयर बस’
  | २८ कार्तिक २०७५, बुधबार १७:१३

सुर्खेत । लामो समयदेखी हाइस सेवा सञ्चालन गर्दै आएको देउती नागरिक यातायात प्रा.लि.ले लचकदार एयर बस भित्र्याएको छ । नयाँ १८ मोडलका ६ ओटा आरामदायी र लचकदार एयर बसहरु प्रा.लि.ले सुर्खेत भित्र्याएको हो ।


अन्य बसहरुको तुलनामा यात्रुहरुलाई यात्रामा आरामदायी होस् भन्ने हेतुले लचकदार एयर बस ल्याएको देउती नागरिक यातायात प्रा.लिका सचिव रमेश खड्काले जानकारी दिए । उनले बसमा हिटर, एसी, फ्रि वाईफाई र लक्जरी सिटरहरुको सुविधा रहेको बताए ।

नयाँ बसहरुले बिहिबारदेखी काठमाडौं रुटमा सेवा शुरु गर्ने सचिव खड्काको भनाई छ । बिहिबारदेखी बसहरु छुटाउन रुट परमिट लिइसकेको प्रा.लि.ले जनाएको छ । ‘तीन गाडी बिहिबार छुटाउन अग्रिम टिकट बुकिङ्ग गरिसकेका छौं’ सचिव खड्काले भने, ‘सुर्खेत बसपार्कबाट दैनिक साँझ ४ र पौने पाँच बजे बसहरु छुटाउने छौं ।’

प्रा.लि. अनुसार काठमाडौंबाट सुर्खेत आउने यात्रुहरुले तत्कालका लागि सुन्धारा र कलंकीबाट टिकट लिन सक्नेछन् । आगमी मंसिर १ गतेबाट बसपार्कमै काउन्टर स्थापना गरेर यात्रुहरुलाई सेवा दिइने प्रा.लि.का अध्यक्ष कमल खड्काले जानकारी दिए ।

प्रा.लि.ले हाल सुर्खेतदेखी बावियाचौर, दैलेख, दुल्लु, सिलङ्गी, कालिकोट, जुम्ला, नेपालगञ्ज र जाजरकोटमा हाइसहरु छुटाउँदै आएको छ ।