☰ open Loading... 26 April 2024|  

गाउँपालिकाको खर्चमा मेला
  | २ मंसिर २०७५, आईतवार १४:२३

दैलेख । दैलेखको नौमुले गाउँपालिकाले आफ्नै खर्चमा साँस्कृतिक मेला आयोजना गरेको छ । स्थानीय नौमुले बजारमा लाग्ने मेलाको अवसरमा आफ्नै खर्च आयोजना गरेको हो ।

नौमुले साँस्कृतिक कार्यक्रम दिईएको मेला कात्तिक २९ गतेदेखी २ गतेसम्म लगाईएको हो । मेलामा राष्ट्रिय कलाकारहरु बोलाईएको नौमुले गाउँपालिकाले जनाएको छ । कार्यपालिका बैठकबाट मेला आयोजना गर्ने निर्णय अनुसार सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

आयोजकले स्थानीय कला संस्कृती जर्गेना गर्ने उद्देश्य लिएपनि मेलामा संस्कृती प्रर्दशनी नदेखीएको स्थानीयहरु बताउँछन् । मेला सञ्चालनका लागि २० लाख बढी रकम खर्च हुने अनुमान गरिएको छ । ब्यवस्थापनका लागि ३ लाख ५० हजार रुपैँया पेश्की दिएको गाउँपालिकाले जनाएको छ ।

शर्मीला गुरुग, देवी धर्ती, राधिका हमाल लगायत आधा दर्जन बढी राष्ट्रिय कलाकारहरुलाई मेलामा निम्ताईएको छ । कलाकारहरुको खर्च मात्रै ९ लाख लाग्ने आकलन भएको कलाकार ब्यवस्थापनका एक सदस्यले बताए । गाउँपालिकाको संस्कृती जर्गेनाका लागि आफुहरुले साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष भद्रे बुढामगरले बताए । ‘विकास निर्माणसंगै संस्कृती जर्गेनाका कार्यक्रम आयोजना गरियो ।’ अध्यक्ष बुढामगरले भने, मेलाले नौमुलेलाई चिनाउने छ ।’

कार्यपालिकाको बैठकद्धारा मेलाको लागि बजेट विनियोजन गरिएको तर, कार्यक्रम सकिएपछि बजेट हिसाव हुने नौमुले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि खत्रीले बताए ।

साँस्कृतिक कार्यक्रममा नौमुलेका कुनै पनि कला÷साँस्कृतीहरु नदेखीएको गुनासो गरिएको छ । नौमुले स्थानीयहरुले गाउँपालिकाले फजुलको खर्च मेलामा गरेको गुनासो गरेका छन् । ‘बाहिएका कलाकार ल्याएर गाउँको संस्कृति प्रर्वधन हुन सक्दैन् ।’ स्थानीय अगुवा संदिप विकले भने, संस्कृति जर्गेना गर्ने नाममा गाउँपालिकाको पैसा फजुल खर्च भएको छ ।’

गाउँपालिकाको कार्यपालिका बैठकले कम खर्चमा मेला सम्पन्न गर्ने निर्णय भएपनि यति खर्च गर्ने भनेर किटानी नभएको साँस्कृतिक कार्यक्रम (मेला) संयोजक तथा वडाअध्यक्ष गगन रोकामगरले बताए ।

‘दोहोरी गित प्रतियोगिता लगायतको योजना बनाएर कम खर्च हुने आंकलन गरिएको थियो ।’ मेला संयोजक रोकामगरले भने, राष्ट्रिय कलाकार अन्य कलाकारहरु गरेर खर्च १० लाख नाग्न सक्छ ।’ आफुले अहिले ३ लाख ५० हजार रुपैँया मेलाका लागि पेश्कि लिएको संयोजक रोकामगरले बताए । मेला खुल्ला स्थानमा टिकट विना सवैले हेर्ने गरि गरिएको छ ।