सुर्खेतमा लामो समयदेखी व्यापार गर्दै आएका व्यापारी शिवराज अधिकारीले जीवनको यो क्षणसम्म पुग्न थुप्रै संघर्ष गरे । महावु गाउँपालिकाको बासीमा जन्मिएका अधिकारीले अक्षर भने गाउँकै नेराप्रावि मालिका बासीबाट चिनेका हुन् । बुवा आमा कृषि व्यवसायमा होमिएकाले छोराले पनि त्यहीँ विडो धान्दिहोस् भन्ने चाहना राखेका थिए । तर अधिकारीको मानसपटलमा भने व्यापार गर्ने ध्यान थियो ।
२०३५ सालमा दैलेखबाट कैलालीको सुनफाँटा हानिएका अधिकारले कक्षा तीनसम्म सुनफाँटामै पढे । कक्षा चारदेखी माथि भने कैलालीकै बठनपुर माविमा पढे । १८ वर्षको उमेरमा अधिकारीले व्यापारिक यात्राका सुरुवात गरे ।
व्यापारमा होमिनुको रोचक पक्ष साथीहरुकै लहलहैमा भारतको तिकुनीयाबाट केही विस्कुट ल्याएर उनले टिकापुरकै केही पसलमा विक्री गरेपछि शुरु गरे । उनले खरिद गरेर ल्याएको मुल्यभन्दा राम्रोे मुनाफा पाएपछि अधिकारीले व्यापारमै होमिने निधो गरे । यो क्रम भने केही समयसम्म जारी नै रह्यो ।
२०४० सालमा उनले टिकापुरपमा व्यवासयिक रुपमा पसल खोले । ऊ बेला सवारी साधनको सहज आवागमन थिएन् । टिकापुरका अधिकाँश व्यापार भारतकै तिकुनियाको भरमा चल्थ्यो । एक दिन भारतको तिकुनियाबाट सामान ल्याउँदै गर्दा उनलाई खक्रौला घाटको जंगलमा गुण्डाहरुले बन्धक बनाए । रुखमै बाधेर गुण्डाहरुले अधिकारीसंग भएको सबै सामान लुटे ।
‘हिम्मत हारिन् बन्धक भएको ठाउँबाट पाँच घण्टापछि डोरी फुकाएर भागे’ अधिकार भन्छन्, ‘सामान लुटिएपनि मलाई कुनै चोटपटक लागेको थिएन् । त्यो रात भारतमै बसेर भोलीपल्ट टिकापुर आए ।’
अधिकारीले व्यापारिक शुरुवातमै अनेकौं ठक्कर खानु प¥यो । जेनतेन व्यापारमा सुख दुःखका दिन उनले टिकापुरमै विताए । व्यापार गर्दा सिक्नु पर्ने ज्ञान समेत उनले त्यहीँबाट पाए ।
तिकुनियाबाटै खाद्यन्न सामग्री साइकल र डल्लबबाट ढुवानी गरेर व्यापार सञ्चालन गरेको उनी बताउँछन् । तर रोचक पक्ष जव उनले २०३९ सालमा आफ्नै मेहनतबाट कमाएको पैसाले साइकल किने त्यो क्षण उनका लागि कहिल्यै नभुल्ने बन्यो ।
झण्डै पाँच वर्षसम्म उनले टिकापुरमै व्यापार गरे । ‘जीवन संघर्षको मैदान हो विचलित नभएर काममा लगाव भए सफलताले विट मार्ने रहेन्छ’ अधिकारीले ति क्षण सम्झदै भने, ‘ईमान्दारिता जबसम्म व्यापारमा रहन्छ त्यो बेलासम्म जिन्दगीले चाएजस्तो उचाईँमा पुग्न सकिन्छ भन्ने पाठ व्यापारबाटै सिक्ने अवसर जट्यो ।’
टिकापुरमा रहँदा अधिकारीले भारतको तिकुनिया, दिल्ली र जयनगरबाट सामग्री ल्याएर विक्री गर्थे । अधिकारीलाई जहिले पनि बुवाले व्यांगे हान्थे, ‘उत्तम खेती, मध्यम व्यापार र अद्यम नौकरी’ तर छोरो पूर्णकालिन रुपमै व्यापारमा होमियो । छोराले गरेको व्यापारले सार्थकता पाएपछि विस्तारै उनले घरपरिवारबाट समेत राम्रो साथ पाए ।
टिकापुरपछिको उनको व्यापार यात्रा कर्णालीको चिसापानीमा शुरु भयो । साविकको कर्णाली र सेती अञ्चलका केही जिल्लाहरुको व्यापारिक थलो नै चिसापानी थियो । त्यसैले पनि उनको व्यापार चिसापानीमा राम्रो थियो । केही वर्ष चिसापानीमा व्यापार गरेका अधिकारीले २०५३ सालपछि उनले कटासेमा व्यापार सारे ।
‘चिसापानीमा पुल बनेपछि विस्तारै व्यापार पनि माथि सर्दै गयो’ अधिकारी भन्छन्, ‘चिसापानीभन्दा कटासेमा व्यापार राम्रो हुन थालेपछि मैले पनि व्यापार उतै सारे ।’
देशमा राजाको दमन विरुद्ध तत्कालिन नेकपा माओवादीले भुसको आगोसरी द्वन्द्व छेडिसकेको थियो । व्यापारले राम्रो गरिरहेका बेला देश द्वन्द्वको जालोमा फस्दै गयो । अधिकारी पनि राजनीतिमा अदृष्य रुपमा भने लागेका थिए ।
‘देखिने गरी राजनीतिमा होमिएन तर आस्थाका हिसाबले राजनीति मानसपटलमा पसीसकेको थियो’ अधिकारी थप्छन्, ‘राजनीतिभन्दा आफ्नै दैनिकी व्यापारमै बढी ध्यान दिएकाले आजसम्म व्यापारमा टिकेको छु ।’ देशमा द्वन्द्व उत्कर्षमा पुगेको थियो । अधिकारीले त्यहीँ समयमा सुर्खेतको गुटुमा व्यापार शुरु गरे ।
कटासेमै व्यापारहुँदा उनले वीरेन्द्रनगरको शनिहल लाइनमा कोशेली जनरल स्टोर्सको जन्म दिइ सकेका थिए । कटासेको व्यापार बन्द गरेर अधिकरी सुर्खेत आए । बुटवलबाट खाद्यन्न सामग्री मगाएर उनले गुटुसम्म सामान पु¥याउथे । सडकको सहजता थिएन् तैपनि ट्याक्टरबाट सामान ढुवानी गरेर गुटुको व्यापार अधिकारीले सुर्खेतबाट चलाइरहेका थिए ।
‘गुटुको व्यापार पनि राम्रो थियो’ अधिकारीले विगत सम्झदै थपे, ‘सेना र माओवादीको अवरोध छिचोल्दै गुटुको पसलसम्म सामान पु¥याउन भने छोडिन् ।’ २०६० सालसम्म उनले गुटुमै व्यापार गरे । त्यसपछि भने उनले वीरेन्द्रनगरकै शनिहल लाइनमा व्यापार गर्न थाले ।
सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रहरीले अधिकारीलाई पक्राउ ग¥यो । २१ मुद्दा लगाउँदै उनले २१ दिन प्रहरी हिरासतमा दिन विताए । जिन्दगी संघर्ष हो, संघर्ष गर्नुपर्छ, सेवा पनि गर्नुपर्छ तर महेनत र इमान्दारीता नै ठूलो भएको ज्ञान व्यापारीक यात्रामा अधिकारीले सिके । समय अनुसारको व्यापार गरे कुनै पनि व्यापारिले दुःख नपाउने उनी बताउँछन् । व्यापारमा घाटा–नाफाको स्पष्ट हिसाब नहुँदासम्म लगानी व्यर्थ हुने तर्क उनको छ ।
स्वदेशमै अवसरका चाङ भएकाले सदुपयोग गरेर लागे विदेश नै हानिनु नपर्ने सुझाव युवालाई अधिकारी दिन्छन् । ‘नेपालमै काम गर्न लाज मान्ने संस्कार पनि छ’ अधिकारी थप्छन्, ‘काम सानो ठूलो हुँदैन ढुक्कले स्वदेशैमा काम गर्न सके थुप्रै अवसर यहीँ छन् ।
अधिकारी विभिन्न सामाजिक कार्यहरूमा समेत अग्रसर हुने गरेका छन् । कमाउन मात्रै ठूलाे हैन व्यापारिक क्षेत्रबाट कमाएकाे केही रकम सामाजिक क्षेत्रमा समेत खर्चिने गरेकाे अधिकारी बताउँछन् ।
’ साइकलदेखी व्यापार शुरु गरेका अधिकारीले सुर्खेतमा १८ जनालाई रोजगारी दिएका छन् । एक जीप, तीन ट्रकबाट कर्णालीका सडक सञ्जाल पुगेका जिल्लाहरुमा उनले खाद्य सामग्री विक्री गर्दै आएका छन् । अस्वस्थ प्रतिस्पर्धामा व्यापार गर्न चुनौती हुन्छ तैपनि विचलित नभएर सहज व्यवस्थापन गरेर अघि बढे कसैले हानि पु¥याउन नसक्ने उनको भनाई छ ।