☰ open Loading... 24 November 2024|  

निर्मला हत्या प्रकरणमा प्रहरीको गम्भीर त्रुटीले अपराधि उम्कियाे : परराष्ट्र मन्त्री ज्ञवाली
  | १८ मंसिर २०७५, मंगलवार १२:३५

सुशील खड्का
सुर्खेत । 
कञ्चनपुरका बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा स्थानीय प्रहरीले लापरवाही गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । घटना लगत्तै प्रहरीले अनुसन्धानलाई प्रभावकारी बनाउनुको सट्टा फितलो बनाइदिँदा सरकार नै आलोचित हुनु परेको उनले बताएका हुन् ।

घटना लगत्तै प्रहरीले प्रमाण जुटाउनुको सट्टा लापरवाही पूर्वक अनुसन्धान गर्दा अपराधि उम्किन सफल भएको उनको टिप्पणि छ । १६ दिने महिला हिंसा विरुद्धको अभियानको कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका मन्त्री ज्ञवालीले अपराधि छलेर जहाँ गएपनि सरकारले कानुनी दायरमा ल्याएरै छाड्ने दावी गरे ।

उच्च राजनीतिक ओहोदाहमा रहेको व्यक्तिको निर्मला घटनामा संलग्नता भएको पुष्टि नभएकाले अनावश्यक रुपमा घटनालाई अतिरञ्जित नगर्न उनले आग्रह गरे ।

परराष्ट्रमन्त्रीसंगै सुर्खेत आएकी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री थममाया थापाले पनि स्थानीय, प्रदेश र केन्द्रीय सरकारबिच समन्वय गरेर जनताका जनअपेक्षा अनुसारका काम गर्न सरकार कटिवद्ध रुपमा लागेको बताइन् ।

उनले समाज हुने सबै खाले हिंसाको अन्त्य गर्न तीन तहकै सरकारविच समन्वय गरेर अपराधरहित समाज निर्माण गर्न सरकारले सात ओटै प्रदेशमा कार्यक्रम गरिरहेको जानकारी दिइन् ।