☰ open Loading... 20 April 2024|  

व्यवसायीक हितमा काम गर्छु : रावत
  | २६ मंसिर २०७५, बुधबार १८:३५


सुर्खेत । 
लोकतान्त्रिक प्यानलबाट अध्यक्षका उम्मेदवार बनेका धनबहादुर रावतले सम्पूर्ण व्यवसायिक हितका लागि आफ्नो प्यानल क्रियाशील रहने बताएका छन् । उनले व्यवसायीहरुको लागि वीमाको पहल गर्नुका साथै पलायन तथा विस्थापित व्यवसायीहरुको लागि स्थापना गरिएको राहत कोषको रकम वृद्धि गरिने पनि बताएका छन् ।

याे पनि पढ्नुहाेस् : सुर्खेतका वस्तुगत समितिले रावतको पक्षमा समर्थन जनाए

उनले विगतदेखि आफूले सम्पूर्ण उद्योगी व्यवसायीहरुको हक हितका लागि क्रियाशील रहेको भन्दै आगामी दिनमा पनि थप प्रतिवद्ध रहने प्रतिवद्धता जनाएका छन् । २९ गते हुने निर्वाचनमा सम्पूर्ण व्यवसायीहरुलाई लोकतान्त्रिक प्यानललाई मतदान गरेर जिताउन अपिल रावतले गरेका छन् ।