☰ open Loading... 20 April 2024|  

उप्रेतीको प्यानललाई पूर्व अध्यक्षको समर्थन
  | २८ मंसिर २०७५, शुक्रबार १४:५१

सुर्खेत । भोली हुन लागेको सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त उद्योगी–व्यवसायीबाट उम्मेदवार बनेका प्रकाश उप्रेतीको प्यानललाई पूर्व अध्यक्षहरुले समर्थन जनाएका छन् । वर्तमान अध्यक्षसहित चार जना पूर्व अध्यक्षहरुले विज्ञप्ती जारी गर्दै उप्रेतीको प्यानललाई जिताउन समर्थन जनाएका हुन् ।


विज्ञप्तीमा पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य निरक केसी, पूर्व अध्यक्ष सूर्यबहादुर खड्का, विष्णुबहादुर शाही, पदमबहादुर शाही र वर्तमान अध्यक्ष प्रकाश अधिकारीले उप्रेतीको जित सुनिश्चित भएको उल्लेख गरेका छन् ।

उप्रेतीको प्यानललाई नेपाली कांग्रेस र नेकपा निकट व्यापारीहरुको समर्थन समेत गरेका छन् । पूर्व अध्यक्षले व्यापारिकहरुको हक हितका लागि कटिवद्ध रहने टिम पनि उप्रेतीकै भएकाले मतदातासंग मत समेत माग्दै घरदैलो अभियानलाई तिव्रता दिइरहेका छन् ।

व्यापारिकहरुको सचेत सञ्चालक संस्थामा उप्रेतीको टिमले नेतृत्व लिए सबैको व्यापारिकहरुको भावनाको कदर हुने पूर्व अध्यक्षहरुद्वारा हस्ताक्षर विज्ञप्तीमा उल्लेख छ ।

प्रदेश राजधानीका उद्योगी व्यापारिकहरुको क्षेत्रमा काम गर्ने जुझारु टिम नै उप्रेतीको टिम भएकाले प्यानललाइ जिताउने उनीहरुको अपिल छ ।