☰ open Loading... 24 November 2024|  

प्रदेश सरकारले अग्नी पीडितलार्इ २० हजार राहत दिने
  | ९ पुष २०७५, सोमबार १४:३०

सुर्खेत । कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडाको न्यौापानेवाडामा भएको आगलागीपीडितलाई प्रदेश सरकारले २० हजार नगद राहत तत्काल वितरण गर्ने भएको छ । सोमबार बिहान आगलागीपीडित ४७ घर परिवारलाई प्रदेश सरकारले २० हजार नगद राहत दिने भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस संयोजक धु्रबबिक्रम बुढाथाकीले प्रदेश सरकारको आगलागीको घटनाले मुख्यमन्त्री निकै दुखी भएको बताए ।

‘आगलागी घटनाप्रति मुख्यमन्त्रीले चिन्ता ब्यक्त गर्नुभएको छ । प्रदेश सरकारले तत्काल क्षतिग्रस्त भएको तथा ठूलोमात्रामा पशुचौपायालगायत नगद तथा जिन्सी सामानको समेत क्षति हुन गएकोप्रति माननीय मुख्यमन्त्रीज्यूले चिन्ता व्यक्त गर्नुभएको छ ।’ उनले भने, ‘माननीय मुख्यमन्त्रीज्यूले आगलागीबाट घाईते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने सम्वन्धित निकायलाई आग्रह गर्नुभएको छ ।’

मुख्यमनत्रीका प्रेस सल्लाहकार बुढाथोकी अनुसार मुख्यमन्त्रीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट तत्कालीन राहतस्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ ।

गाउँ र नगरपालिकाले एक र एक लाख दिने तिलागुफा, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाले पनि राहत दिने जिल्लाका तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाले आगलागीपीडितका लागि तत्काल १ र १ लाख राहत दिने घोषणा गरेका छन् ।

तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले निकै पीडादायी घटना भएकाले नगरपालिकाले १ लाख पीडित परिवारका लागि राहत उपलब्ध गराउने बताए । विभिन्न संघसंस्था राहत खोजी गर्दै खाडा न्यौपानेवाडाका आगलागीपीडितका लागि जिल्लाका बिभिन्न संघसंस्थाहरुले राहत संकलनको काम शुरु गरेका छन् । कालिकोट उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स कालिकोट लगायतका संघसंस्थाले पीडित परिवारका लागि राहत संकलन कार्य शुरु गरेका हुन् ।